तिज भड्कीलो भयो भनेर चौतर्फी बिरोध भैरहेको बेला जिल्ला विकास समिती नवलपरासीले भने कार्यालय समयमा नै भड्कीलो तिज मनाएको सरोकारवालाले आरोप लगाएका छन् । [wpdevart_youtube]9Ph759LBkqk[/wpdevart_youtube]तिजको अवसरमा दर खाने भन्दै कार्यालय परिसरमा नै टेण्ट राखेर कर्मचारीले दर खाएपछी सामाजिक सञ्जालमा यस्को ब्यापक विरोध भएको छ ।अनेरास्ववियु नवलपरासीका अध्यक्ष शुसान्त घिमीरे , नागरिक समाजका अथुवा शम्भु उपाध्याय लगाएतले सामाजिक सञ्जालमा यस्को खुलेरै विरोध गरेका छन् । जिल्लाभर पछील्लो समय तिज भड्कीलो हुदै गएको छ ।
दर खानेनाममा महङगा पार्टी प्यालेसमा दर खाने तथा गहनाको अस्वस्थ प्रतिस्पर्धा समेत चलेको छ । कर्मचारीहरु आन्तरीकरुपमा मिलेर एक आपसमा शुभकामना आदान प्रदान गरेको भन्दै यस्लाई अन्यथा लिन नहुने जिविसको तर्क छ ।