27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 10:56

TRENDING .

पहिरोमा पुरिएर ताप्लेजुङमा एकै परिवारका तीन जनाको मृत्यु, दुइ दर्जन घरमा क्षति

- Advertisement -

ताप्लेजुङ , भदौ-१८ । गएराती ताप्लेजुङका ठाउँ ठाउँमा पहिरो गएको छ । पहिरोमा पुरिएर ताप्लेजुङमा एकै परिवारका तीन जनाको मृत्युभएको छ । एक जना वेपत्ता भएका छन् भने एक जना घाइते छन् । पहिरोले दुई दर्जन बढि घरमा क्षति पुर्‍याएको छ । ताप्लेजुङ नगरपालिका–८ कि सुब्बेनी माइली भनेर चिनिने दिलकुमारी पालुङवाको मृत्यु भएको छ भने घाइते उनकी बहिनी कृष्णकुमारी पालुङवालाई उपचारकालागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ ।pahiro_taplejung

पहिरोले नगरपालिका–२ का अन्दाजी २८ वर्षीय विमला मगर र उनका ९ र ७ बर्षिय छोराहरु मनोज र ललित मगरलाई पुरेको छ । घरमाथीवाट झरेको पहिरो भित्र पस्दा उनिहरु पुरीएका हुन् । पुरीएको अवस्थामा देखिएका उनिहरुलाई निकाल्न प्रहरी, सेना र स्थानियको टोलि बिहानैदेखि सकृय रहेको छ ।

पहिरोले मेची राजमार्ग पुरै अवरुद्ध बनाएको छ । दर्जन बढी ठाउँमा पहिरो झरेकाले पन्साउन दिउँसोसम्म लाग्ने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।[ad id=”8142″]

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्