भदौ-१७, गैडाकोटको सहज सामुदायीक अस्पतालले नयाँ सेवाका रुपमा प्राथमीक स्वास्थ्य उपचार घरदैलो सेवा सुरु गर्ने भएको छ । अस्पतालको सेवा क्षेत्र गैँडाकोट नगरपालीका, विकट पहाडी गाविस कोटथर, डाँडाझेरी, रतनपुर लगायत नवलपरासी र चितवन आसपासका सर्वसाधारणलाई लक्षीत गरी अस्पतालले पोषण सम्बन्धी जानकारी दिन तथा स्वास्थ्य सेवा र सरसफाई बारे स्थानीयलाई सचेत गराउन तिन बर्षे बिशेष योजना ल्याएको अस्पतालका अध्यक्ष करुणासागर सुवेदीले जानकारी दिनुभयो ।
अभियानका लागी बंगलादेशबाट एक जना चिकित्सक र एकजना पोषण विज्ञ अस्पतालमा आएका छन् । बंगलादेशमा सामुदायीक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको आस्पडा फाउन्डेसन्का डा. डा अतुनो भट्टाचार्जी र पोषणविद् शाहज्यादी रियाज सवाहले एक बर्षसम्म अस्पतालमा रहेर अस्पतालको सेवा क्षेत्रभित्रका बासिन्दालाई पोषणसम्बन्धी जानकारी र सचेत बनाउन भुमीका खेल्ने अस्पतालले जनाएको छ ।
दुवै जनालाई आज अस्पताल परिसरमा एक कार्यक्रम गरी स्वागत गरीएको छ । सो कार्यक्रममा सहज अस्पतालका संस्थापक अध्यक्ष भीमप्रसाद शर्मा, सहमतीका अध्यक्ष रत्न प्रसाद सापकोटा, सहज अस्पतालका सल्लाकार टोलनाथ घिमीरे, सहजका सल्लाहकार गोबिन्दराज बिनोदी, अस्पतालका अनुगमन समतिीका सदस्य पदम प्रसाद घिमीरे, संस्थाका पुर्व सल्लाहकार सिता न्यौपाने, अस्पतालका डा. कृष्णहरी खनाल, अस्पतालका उपाध्यक्ष डिल्ली प्रसाद सिग्देल, सचिव तिर्थराज रिमाल, कोषाध्यक्ष लक्ष्मी भट्रराईले ज्येष्ठ नागरीक कल्याण समिती गैँडकोटका अध्यक्ष नारायण प्रसाद तिवारले कार्यक्रममा शुभकामना व्यक्त गर्नुभएको थियो ।
विदेशी चिकित्सक तथा पोषणविदले अस्पतालसंग मिलेर स्वास्थ्य स्यंवसेवीकालाई तालीम दिनेछन् । यस्तै तालीमप्राप्त स्वर्यसेवीकालाई प्राथमीक स्वास्थ्य उपचार सेवा दिनका लागी घरघरमा पठाई सरसफाई तथा स्वास्थ्य जानकारी तथा पोषणसम्बन्धी चेतना पु¥याउन बंगलादेशी चिकित्सकले भुमीका खेल्ने अस्पतालका अध्यक्ष सुवेदीले बताउनुभयो । घरदैलो कार्यक्रममा पोषणसम्बन्धी समस्या भएका विरामीलाई औषधी समेत वितरण गरीने जटील अवस्था पाईए सहज अस्पतालमा उपचारका लागी रिफर गरीने अस्पतालका डा. कृष्णहरी खनालले बताउनुभयो ।