27 C
Kathmandu
Tuesday, March 9, 2021
2021 Mar 09, Tuesday 06:32

TRENDING .

खुल्ला आकासमा अध्ययन गर्दै आएका नवलपरासी बरिमलका विद्यार्थी कक्षा कोठा पाउदा खुसी

- Advertisement -

नविन पौडेल

भदौ १७ । बरिमाल । भवन अभाबमा खुल्ला आकासमा अध्ययन अध्यापन गर्न बाध्य नवलपरासी डाडाझेरी बरिमलमा विद्यालय भवन पुर्ननिमार्ण भएपछी शिक्षक विद्यार्थी खुसी भएका छन् । गत वर्ष आएको भुकम्पकोको कारण भत्कीएको झेरी खण्डे निमाविमा भवन अभावको कारण विद्यार्थी खुल्ला आकासमुनी बसेर पढ्न बाध्य भएका थिए । स्थानीय  स्रोत र साधन प्रयोग गरी इन्नीसेटिभ इन हार्मोनी नामक अमेरीकी संस्थाले दुइ ओटा कक्षा कोठा , सभा हल र शौचालय सहितको भवन निमार्ण गरीदीएको हो । सहज सामुदायिक अस्पतालका अध्यक्ष करुणासागर सुवेदीको पहलमा विकट गाविस डाडाँझेरीमा सो विद्यालय भवन निमार्ण भएको हो ।

खुल्ला चौरमा अध्यनगर्दै  बालबालिका
खुल्ला चौरमा अध्यनगर्दै बालबालिका

स्थानीयको सहयोगमा बोरामा माटो भरेर त्यस माथी जाली र ढुङगा राखेर सो भवन निमार्ण गरीएको अमेरीकन नागरिक तथा सो भवन निमार्णमा प्रत्यक्ष सम्लग्न इन्जिनियर आरोन चेभाल्ले जानकारी दिनुभयो । भवन अभावमा यो वर्षातमा समेत विद्यार्थी खुल्ला आकासमा अध्ययन गर्नुपर्ने वाध्यता वाट आफ्ना बालवालिकाले मुक्ति पाएको स्थानीय प्रेम सिहं लुङगेलिले जानकारी दिनुभयो । नेपालमा नौलो प्रयोगकोरुपमा स्थानीय सा्रेत साधन प्रयोग गरी यो प्रविधि वाट पुर्ननिमार्णको प्रयास गरीएको छ । यदी यो निमार्ण अभियानलाई सरकारले समेत अवलम्वन गर्न सक्ने हो भने भुकम्पले क्षतवित्क्षत भएको नेपालको पुर्ननिमार्ण अभियान थोरै लागतमा धेरै काम हुन सक्ने अर्का इन्जिनिय निशान्त पौडेलको भनाई छ । विद्यालय भवनको अभावमा आफ्ना छोराछोरी खुल्ला आकास मुनी पढ्नुपर्ने वाध्यता वाट यो प्रविधी वाट सम्पन्न हुने भवन छीटो सस्तो र स्थानयि साम्रागी प्रयोग गर्न पाईने हुदा स्थान्यि समेत खुसी वनेका छन् । dadajheri

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्