नेपाल विद्युत प्राधिकरणले नागार्जुन दरबारको विद्युतको लाइन काटेको छ ।विद्युत महसुल नतिरेको भन्दै प्राधिकरणले लाइन काटेको हो । बिहीबार साँझ ५ बजे लाइन काटिएको ज्ञानेन्द्रका सञ्चार सहयोगी फणिराज पाठकले बताए ।सरकारको स्वामित्वमा रहेको नागार्जुन दरबार गणतन्त्र घोषणापछि सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बसोबास गर्न उपलब्ध गराएको थियो ।नेपाल विद्युत प्राधिकरणका अनुसार नागार्जुन दरबारको ७१ लाख रुपैयाँ बक्यौता छ । यो रकम संस्कृति मन्त्रालयले तिर्नुपर्ने हो ।