27 C
Kathmandu
Saturday, March 6, 2021
2021 Mar 06, Saturday 03:30

TRENDING .

सर्वाेत्तम सिमेन्टको शोषण विरुद्ध मजदुरको आन्दोलन चर्किदैँ / मूल गेटमा धर्ना सुरु

- Advertisement -

परासी, १७ भदौँ । श्रम ऐन लागु गनुपर्ने माग गर्दै आन्दोलित नवलपरासीको रामनगर जोडेनी स्थीत सर्वौेत्तम सिमेन्ट उद्योगका मजदुरहरुले धर्ना सुरु गरेका छन् । लामो समय देखि उद्योगमा कार्यरत मजदुरलाई न्युन ज्यालामा १४ घन्टा सम्म काम गराउने, नियुक्ती पत्र नदिने, विदा औषधीउपचार लगायतका सेवा सुविधा नदिएको भन्दै टे«ड युनियन गठन गरि मजदुरहरु आन्दोलीत भएका हुन । समग्र उद्योग  युनियन सर्वौेत्तम सिमेन्ट उद्योग ईकाई समिति गठन गरेर आन्दोलनमा उत्रेपछि उद्योग व्यवस्थापन पक्षले युनियनका अध्यक्ष छविलाल सापकोटालाई विभिन्न आरोप लगाएर निस्कासन गरिसकेको छ । युनियनका अध्यक्षलाई नै निस्कासन गरेपछि मजदुुरहरुले आन्दोलन थप चर्काेउने बताएका छन । हिजोँ विहिबार दिनभर उद्योग परिसरमा धर्ना बसेर आन्दोलन गरिरहेका मजदुर माथि उद्योग व्यवस्थापन पक्षको निर्देशनमा शसस्त्र प्रहरीको औद्योगिक सुरक्षा बलले लाठिचार्ज गरेको मजदुर मणी ज्ञवालीले बताउनुभयो ।  लाठिचार्जबाट उद्योगमा कार्यरत २६ जना मजदुर घाईते भएका छन भने पाँच जना गम्भिर घाईतेको उपचार भईरहेको अर्का मजदुर सागर सिलवालले बताउनुभयो ।  निस्कासन गरिएका युनियनका अध्यक्ष सापकोटाको पुर्नबाहली तथा श्रम ऐनको कार्यान्वयन नगरे सम्म आन्दोलन जारी रहने मेकानिकल ईन्जीनियरिङ विश्वनाथ पाण्डेले बताउनुभयो । जारी धर्ना कार्यक्रम एक हप्ता सम्म रहने र त्यसपछि पनि माग सुनुवाई नभए थप कडा आन्दोलनमा जाने मजदुरहरुले चेतावनि दिएका छन् । तर उद्योग सन्चालनमा अवरोध नपुराई आन्दोलन गरिरहेको उनिहरुले बताएका छन् । यसबारेमा सर्वाैेत्तम सिमेन्ट उद्योगको व्यवस्थापन पक्षले भने बहाना बनाएर प्रतिक्रिया दिन मानेको छैन ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्