नेपालगन्जको धम्बोझी चोकमा पुनःस्थापना गरिएको स्वर्गीय राजा वीरेन्द्रको शालिक २४ घण्टा नबित्दै प्रहरीले बिहीबार राती हटाएको छ । राजतन्त्र समर्थित राष्ट्रवादी युवा शक्तिको अगुवाईमा बिहीबार बिहान ९ बजेतिर ८७ किलो तौलको ढलोटबाट निर्मित अर्धकधको शालिक राखिएको थियो ।जनआन्दोलन २०६२-६३ मा हटाइएको शालिक पुनःस्थापना गरिएपछि राप्रपा नेपाल बाहेक जिल्लाका अन्य राजनीतिक दलले बिरोध जनाउँदै हटाउन सरकारलाई अल्टिमेटम दिएपछि स्थानीय प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राती हटाएको हो । शालिक हटाएको विषयमा प्रहरीका उच्च अधिकारीहरुले प्रतिक्रिया दिन चाहेनन् । जिल्ला प्रहरी प्रमुख टेकप्रसाद राई र प्रवक्ता (डिएसपी) भिमकिरण बोगटीको मोबाईल अफ छ ।बलपूर्वक शालिक हटाउन खोज्दा राजतन्त्र समर्थित युवा र प्रहरीबीच राती केहीबेर झडप समेत भएको बताइएको छ ।शालिक हटाएपछि शान्ति सुरक्षा खल्बलिन सक्ने शंकामा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । धम्बोझी चोक लगायत आसपासका क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले राप्रपा नेपालका नेता सहित १० जना राजतन्त्र पक्षधरलाई नियन्त्रणमा लिएको प्रजिअ पन्थले जानकारी दिए । उनीहरुलाई प्रहरी गुल्ममा राखिएको स्रोतले जनाएको छ ।राजनीतिक दलको दवावमा प्रहरी प्रशासनले शालिक हटाएपछि स्थानीय तहमा असन्तुष्टी बढेको थियो।दशवर्षसम्म कुरुप अवस्थामा रहेको चोकमा स्वार्गीय राजा बिरेन्द्रको शालिक राखेको २४ घण्टा बित्न नपाउँदै प्रहरीले हटाएको हो ।‘सरकारले १० वर्षसम्म यो ठाउँमा अरु कसैको शालिक राख्न सकेन, कुरुप बनेको चोकमा शालिक राख्दा हटाएरै छाड्यो, यसबाट इतिहास मेटाउने गलत नजिर बस्यो,’ एक सर्वसाधारणले गुनासो गरे ।शालिक हटाएपछि शान्ति सुरक्षा खल्बलिन सक्ने शंकामा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । धम्बोझी चोक लगायत आसपासका क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।