27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 06:23

TRENDING .

नवलपरासीमा सवारी दुर्घटना हुदा ४ जना घाइते २ को अवस्था गम्भीर

- Advertisement -

कावासोती, भदौ-१७, पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको  कावासोती १६ डण्डामा पुर्व बाट पश्चिम तर्फ जादै गरेको ना २७ प ९९३२ न.को मोटरसाईकल  र बिपरित दिसा बाट आईरहेको लु १८ प ४२२४ न.को मोटरसाईकल एकआपसमा ठक्कर खाई भएको दुर्घटनामा ४ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर रहेको ईप्रका कावासोतीले जनाएको छ । सोहि मोटरसाईकलले साईकल यात्री लाई ठक्कर दिदा साईकलमा सवार  देउराली ५ बस्ने वर्ष ४५ को धन कुमार महतो गम्भीर घाइते भएका हुन्  । भने लु १८ प ४२२४ नं को मोटर साइकल  चालक कावासोती १६ बस्ने वर्ष ४१ को युवराज अर्याल पनि गम्भीर घाइते भएका छन् । उनीहरु २ जना लाइ उपचारका लागी (पुरानो) मेडिकल कलेज भरतपुर चितवनमा  पठाईएको छ २ जनाको  मध्यबिन्दु अस्पताल डण्डामा उपचार भैरहेको छ । [ad id=”8142″]

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्