27 C
Kathmandu
Sunday, March 7, 2021
2021 Mar 07, Sunday 10:38

TRENDING .

नेपाल चिकित्सक संघमा प्रजातान्त्रिक समुहको दौडधुप

- Advertisement -

भाद्र १६ ।नेपाल चिकित्सक संघमा अहिले निर्वाचनको सरगर्मी बढेको छ ।  नयाँ नेतृत्वका लागि हुने प्रतिस्पर्धामा प्रजातान्त्रिक धारका चिकित्सकहरु सक्रिय भएर लागेका छन ।  डा मुक्तिराम श्रेष्ठको नेतृत्वमा प्रजातान्त्रिक समुहबाट नेपालका अनुभवि चिकित्सकहरु चुनावि मैदानमा होमिएका छन । प्यानलका साथ सबै उमेदवार आफ्नो पक्षमा माहोल सिर्जना गर्न लागी परेका छन । डाक्टर मुक्तिराम श्रेष्ठलाई अध्यक्षको  उमेदवार बनेको टोलीमा बरिष्ठ उपाध्यक्ष पदमा मा डा ढुण्डीराज पौडेल, उपाध्यक्षमा डा मुकुन्द दाहाल, महासचिवमा डा लोचन कार्की, कोषाध्यक्षमा डा रश्मिप्रसाद यादव, सहसचिवमा डा अभिमन्यु झा र सहकोषाध्यक्षमा डा प्रकाश बुढाथोकी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा डा अनिलविक्रम कार्की , डा बद्रि रिजाल , डा विश्वराज दवाडी , डाक्टर कृष्ण प्रसाद पौडेल , डा शैलेस प्रधान र डा संजिव तिवारी रहेका छन । बर्तमान अध्यक्ष डाक्टर अञ्जनी कुमार झाको समर्थन रहेको प्रजातान्त्रिक समूहले निर्वाचन जित्ने दावी गरेको छ । यसअघिको कार्यकालमा महासचिव रहेका डाक्टर मुक्तिराम श्रेष्ठको अनुभवले पनि चिकित्सा क्षेत्रमा  विकासका लागि जित अनिवार्य भएको सदस्य पदका उमेदवार डाक्टर कृष्ण पौडेलले बताउनुभयो । चिकित्सक संघको आन्दोलनबाट स्वास्थ्य मन्त्रालयमा चिकित्सा शास्त्र पढेको मात्रै सचिव हुन पाउने नियम बनाईएको भन्दै स्वास्थ्य क्षेत्रमा भएको सुधारका लागि आफ्नो प्यानल जिताउन आग्रह गरिएको छ । भदौ १७ र १८ गते उपत्यका बाहिर र  भदौ २१ देखि २५ गते उपत्यका भित्र गरी दुई चरणको निर्वाचन हुने छ । जातान्त्रिक चिकित्सक समूहसंग पेसागत समावेशी चिकित्सक समूहले  प्रतिस्पर्धा गर्देछ । तीन वर्ष कार्यकालका लागि १३ सदस्यीय कार्यसमितिका निम्ति दुवै समूह उम्मेदवारी घोषणा गरेर निर्वाचन प्रचारप्रसारमा लागेका छन् । विसं २००७ मा स्थापित सङ्घमा पाँच हजार ३०५ चिकित्सक आबद्ध रहनुभएको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्