भदौ १६ । कावासोती । बैंकमा राखेको पैसा , सुन तथा बहुमुल्य सामान नक्कली होला भनेर तपाई हामीलाई विश्वास गर्न मुस्किल पर्दछ । धेरै प्रकृया पुरा गरेर मात्र सुन तथा बहुमुल्य धातु धितो राख्न पाईन्छ । त्यसैले पनी नक्कली सुन राखेर ऋण निकाल्न पक्कै पनी सकीदैन् । तर नवलपरासीको कावासोतीमा भने बैंकमै राखेको सुन नक्कली भएको भन्दै प्रहरीमा उजुरी परेको छ । ईलाका प्रहरी कार्यालय नवलपरासी डिएसपी राजेश थापाका अनुसार न्यू होमकला सुन चाँदी पसल का सञ्चालक होममायाँ सुनारले सुन नक्कली भएको भन्दै उजुरी गरेको बताउनुभयो । करिब ८ तोला सुन बंैक बाट खरिद गरेको र सुन पगाल्दा नक्कली भेटीएको भन्दै न्याए दिलाईदीन होममायाँ सुनारले सवैमा अनुरोध गर्नुभएको छ । सुन नक्कली भएको भन्दै बैंकमा जादा आफुले न्याए नपाएको गुनासो गर्नुभयो । बैंकले भने यस विषयमा अनुसन्धान भैरहेको जनाएको छ । यस्तो अवस्थामा नक्कली सुन राख्ने ब्यक्ति बारे अनुसन्धान भैरहेको प्रहरी प्रशासनले जनाएको छ । [ad id=”8142″]