भदौ १६ । के तपाईँ सार्वजनिक स्थलमा जथाभावी फोहर फाल्नु हुन्छ ? सावधान ! रहनुहोस् । सार्वजनिक स्थलमा जथाभावी फोहर फाल्दा सहर दुर्गन्धीत बन्दै गएको भन्दै ललितपुर प्रहरीले त्यस्ता व्यक्तिलाई पक्राउ गर्न थालेको छ ।महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी इश्वर कार्कीका अनुसार जथाभावी सार्वजनिक स्थलमा फोहर फाल्ने २४ जनालाई पक्राउ गरी ललितपुर उमहानगरपालिका बुझाइएको छ ।पक्राउ पर्नेमा ललितपुर पुल्चोकका बिनोद बिष्ट, रबिन्द्र पण्डित, सलिम खान, राकेश मालिक, राजन राई, भक्तबहादुर श्रेष्ठ, वियय खड्गी, दानबहादुर ताम्राकार, सादुराम न्यौपाने, सरोज पोखरेल, अविशेषकुमार लोनिया, रामबहादुर तामाङ, होमबहादुर कटुवाल, राम श्रेष्ठ, सुभाष श्रेष्ठ, मधुमाया कैमा, रत्न शोभा शाम्स, लक्ष्मी प्रजापति, रुपा तिवारी, प्रेम राना, नटोलका कान्छा खड्गी, छाबाहालका राज तामाङ, कुमारीपाटीका सुरेश कर्मचार्य र बालकुमारीका आशाराम अवाले रहेको डीएसपी कार्कीले बताए ।पक्राउ परेका २४ जनालाई ललितपुर उपमहानगरपालिकाले जरिवाना काटेर छोडेको उनले जनाए ।[ad id=”8142″]