भाद्र कृष्ण औँसीका दिन बिहीबार पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उहाँको मुख हेरेर मनाउँदै छन् । बुबाको मुख हेरेपछि मिठाइ, फलफूल, कपडा आदि उपहार दिने चलन छ ।
टाढा हुने छोराछोरीले फोनबाटै पनि कुरा गरेर पनि बुबाको मुख हेर्ने गरिन्छ । भौतिक रूपमा बिदा भइसकेका पिताहरूलाई भने छोराछोरीले तस्बिर हेरेर वा विभिन्न शक्तिपीठ, देवालयमा गई दान गर्ने परम्परा छ । औँसीको दिनलाई शास्त्रमा पितृको दिन मानिन्छ । पिता नहुनेहरूले गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहाक्षेत्रजस्ता पवित्र तीर्थस्थलमा गई पितृका नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गर्ने गर्छन् । तस्बिर सामाजिक संजाल बाट
[ad id=”8142″]