27 C
Kathmandu
Wednesday, August 4, 2021

प्रवेशिका (एसएलसी) पुरकको नतिजा सार्वजनिक, ६७ हजार ३३ जना परीक्षार्थीको ग्रेड बृद्धि

- Advertisement -
- Advertisement -spot_imgspot_img

भक्तपुर, भदौ-१५, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज साँझ प्रवेशिका (एसएलसी) पुरक अर्थात ग्रेड बृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

कार्यालयमा बसेको बोर्ड बैठकको निर्णयानुसार नतिजा सार्वजनिक गर्दै अनुसार परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले ६७ हजार ३३ जना परीक्षार्थीको स्तर अर्थात ग्रेड बृद्धि भएको जानकारी दिनुभयो । ४० जनाको नतिजा भने स्थगित गरिएको छ ।[ad id=”8142″]

परीक्षामा ३१ हजार ३६५ जना छात्र र ३५ हजार ७०८ जना छात्रा गरि ६७ हजार ७३ जना परीक्षार्थी सहभागि भएका थिए ।

एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डि’ र ‘ई’ ग्रेड ल्याउने नियमित तर्फ १ लाख ८ हजार ३२६ जना र एक्जाम्टेड तर्फ ३९ हजार २५७ जना गरि कूल १ लाख ४७ हजार ५८३ जना सहभागि हुनुपर्नेमा कम विद्यार्थी मात्रै सहभागि भएका थिए । कार्यालयले परीक्षा गतसाउन १४ गतेदेखि २१ गतेसम्म संचालन गरेको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्