27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 01:21

TRENDING .

भकारी रित्तै हुने चिन्तामा नवलपरासीका किसान , धानको विरुवा मर्न लागे -भिडियो सहित

- Advertisement -

नविन पौडेल । भदौ १३ । कावासोती । धान खेतीमा विभिन्न प्रकारका रोग लागेपछी नवलपरासीका किसान चिन्तित वनेका छन् । गोड्ने समय भएको धानमा सेते र गवारा रोगले धानका विरुवा नै मर्न थालेपछी यस वर्ष धान उत्पादन घट्ने पिरलोमा किसान परेका हुन् । धानको विरुवा जरा देखीनै मर्ने र पात सेतै भएर विरुवा नै मर्न थालेको छ । किसानले सामान्य किटनासक औषधी प्रयोग गर्दा समेत रोग नियन्त्रणमा आउन नसक्दा सयौ विगाहामा लगाएको धान खेती नष्ट भएको छ । नवलपरासीको गैडाकोट , पिठौली , कावासोती , कोल्हुवा लगाएतको क्षेत्रमा धानमा सेते र गवारा रोग लागेको छ । आफ्नै जग्गा हुनेलाई धान लगाउने , गोड्ने , काट्ने गर्दा लाग्ने खर्च पनी नउठ्ने तथा अधिया गरेर धान लगाउनेलाई आफ्नो मेहनत समेत नउठ्ने चिन्ताले पिरलेको छ । जिल्ला कृषि विकास कार्यालयले किसान बाट धानमा रोग लागेको गुनासो आएको र त्यस विषयमा प्राविधिकहरु प्रभावित क्षेत्रमा गएर अनुसन्धान गरी रोग निधानका विषयमा सुझाव दिईएको जनाएको छ । नवलपरासीमा अघिल्लो आर्थिक वर्ष करिब १९ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । नवलपरासी जिल्लामा करिब ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोे छ । [wpdevart_youtube]x9n-h0fjNEc[/wpdevart_youtube][ad id=”8142″][ad id=”7822″]

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्