24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

माग सुनुवाई नभएपछि सर्वाेत्तम सिमेन्ट उद्योगका मजदुर संगठीत

- Advertisement -Flowers in Chania

भदौ १२ । नेपालमै पहिलो पटक डेनमार्क बाट आयत गरिएको अत्याधुनिक भि आर एम मेसिनबाट सिमेन्ट उत्पादन गर्दै आएको नवलपरासीको रामनगर जोडेनीमा अवस्थीत सर्वाेत्तम सिमेन्ट उद्योग प्रालीका मजदुरहरु संगठीत भएका छन् ।

साढे २ सय मजदुर कार्यरत रहेको सो उद्योग व्यवस्थापन पक्षले न्युनतम सेवा सुविधा नदिएको, न्युनतम ज्याला नदिएको, दैनिक १२ घन्टा सम्म काममा लगाउने गरेको, श्रम ऐन लागु नगरेको, विदा, औषधीउपचार लगायतका सेवा सुविधा नदिएको, २ सय ४० दिन वितेकालाई स्थायी गर्न पटक पटक आग्रह गर्दा पनि सुनुवाई नगरेपछि बाध्य भएर संगठीत हुनुपरेको मजदुरहरुले बताएका छन् ।

आज उद्योग परिसरमा नाराबाजी गर्दै भेला भएका मजदुरले मजदुरको हक हित तथा अधिकारका लागि भन्दै समग्र उद्योग टे«ड युनियन नेपाल, सर्वाेत्तम सिमेन्ट उद्योग ईकाई समिति गठन गरेका हुन । छविलाल सापकोटाको संयोजकत्वमा गठित १३ सदस्यीय युनियनको उपाध्यक्षमा निर्मल आर्चाय, सचिवमा चन्द्रमणी ज्ञवाली, सहसचिवमा कमल भण्डारी, कोषाध्यक्षमा यमलाल कुशले, सदस्यहरुमा राजेश कार्कि, सन्जीव चौधरी, विरेन्द्र चौधरी, चन्द्रमणी भण्डारी, धन बहादुर थापा, कुशल मल्ल, राहुल थापा, कुमार पन्नेलाल लगायत रहनुभएको छ ।

छविलाल सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा समग्र उद्योग टे«ड युनियन नेपालका केन्द्रीय सदस्य पवित्रमणी भण्डारी, नेपाल बिजुली, पेन्टर तथा निर्माण मजदुर युनियन क्युपेक नेपालका जिल्ला अध्यक्ष डिलकराज डुम्रे, लुम्बिनि चिनि कारखाना ईकाई अध्यक्ष थमनसिंह नेपाली, बुटवल सिमेन्ट मिल्स ईकाइ अध्यक्ष विरबल चौधरी लगायतले बोल्दै मजदुर एकतामा जोड दिनुभएको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्