27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 12:26

TRENDING .

व्यपार मेलाबाट उद्योग वाणीज्य संघ नवलपरासीले ९ लाख कमायो

- Advertisement -

परासी, १० भदौ  । उद्योग वाणिज्य संघ नवलपरासीले पश्चिमाञ्चल स्तरिय दोश्रो औद्योगिक व्यपार मेलाबाट ९ लाख रुपिया मुनाफा गरेको छ । संघले व्यपार मेलामा भएको आर्थिक कारोबारलाई आज पत्रकार सम्मेलन मार्फत सार्वजनिकिकरण गर्दै ९ लाख ५ हजार ५८५ रुपिया मुनाफा गरेको जानकारी दिएको  छ । शान्ति समृद्ध उद्योग र व्यपार, राष्ट्र निर्माणको बलिया आधार मुल नाराका साथ कृषि, पर्यटन, उद्योग, व्यवार एवं सुचना प्रविधिको विकास गराउने उद्देश्यले १२ दिन संचालित मेलाले आफनो लक्ष्य पुरा गरेको संघका अध्यक्ष भिम बहादुर थापा क्षेत्रिले बताउनु भयो । मेलामा जिल्ला स्तिथ महत्पुर्ण एतिहासिक, पुरातात्विक एवं धार्मिक स्थल रामग्राम स्तुपको आकारमा मेलाको मुल गेट निर्माण गरि विश्वमा नै रामग्रामलाई चिनाउन सफल भइएको अध्यक्ष थापाले बताउनु भयो । उहाँका अनुसार सुचना प्रविधि संगै जिल्लाका कृषि, उद्योगबाट उत्पादित बस्तु, पर्यटकिय स्थल त्रिवेणी धाम, मदार बाबा स्थान, बालमिकी आश्रम, रामग्राम स्तुप पन्डिपुत, थारु भिलेज, दाउन्नेदेवी, मौलाकालि मन्दिर, नन्दन ताल लगायतका क्षेत्रको प्रदर्शन, वृत्तचित्र र  ब्रोसर मार्फत व्यापक प्रचार प्रसार गरि संघले आफनो लक्ष्य पुरा गरेकोे बताउनु भयो । मेलामा टिकट विक्री, बाल उद्यान, स्थल निर्माण, प्रायजोकहरुबाट ८१ लाख ४ हजार ९५२ रुपिया आम्दानी भएको छ भने सांकृति, सुचना संचार, ईन्धन यातायात, कृषि पर्यटन प्रबद्र्धन, प्रचार प्रसार, विद्युत खानेपानी लगायतका विभिन्न शिर्षकहरुमा ७१ लाख ९९ हजार ३६७ रुपिया खर्च भई ९ लाख रुपिया मुनाफा भएको संघका कोषाध्यक्ष राजेश कुमार गुप्तले सम्मेलनमा जानकारी दिनु भयो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्