सरु शर्मा भदौं ६ ।
नवलपरासीको बडहरा दुबौलिया गाविस वडा नम्बर १ बडसारमा जारी खुल्ला कबड्डि प्रतियोगिता आज समपन्न भएको छ । साथि युवा क्लब बडसारको आयोजनामा ५ दिन सम्म चलेको उक्त प्रतियोगिताको आज नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का सांसद विक्रम खनालको प्रमुख आतिथ्य तथा प्रतियोगिताका संयोजक दुर्गेश गुप्ताको अध्यक्षतामा एक बिशेष समारोहका बिच सम्पन्न गरीएको हो ।
दाउन्ने पश्चिम रहेका करिव १७ गाविसका ३४ टिमको प्रतिस्पर्धा भएको उक्त कबड्डि प्रतियोगीतामा कुडिया गाविस वडा नम्बर ३ सेखुवनावा प्रथम भएको छ भने कुडिया गाविस कै वडा नम्बर ४ श्रीनगर द्धितिय र वडहरा दुबौलीया गाविस वडा नम्बर ५ दुबौलीया तृतिय भएको कार्यक्रम सँचालक मोहम्मद ईजहार शेषले जानकारी दिनुभयो । प्रतियोगीतामा प्रथमहुने लाई ठुलो साईकल यस्तै द्धितिय हुनेलाई सानो साईकल र तृतिय हुनेलाई १० किलो कुखुराको मासु पुरस्कार दिईएको थियो भने प्रथम र द्धितिय हुने समुहका सबै खेलाडीलाई भित्ते घडि र मेडल पनि प्रदान गरीएको आयोजकले जनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले यस क्षेत्रको बिकासका लागि आफुले गरेका प्रतिबद्धता सबै पुरा गरीसकेको बताउदै अव अन्य बाकि रहेका बिकासे कार्यलाई पनि सम्पन्न गराउन आफ्नो सहयोग सदैव रहने बताउनुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नम्बर ५ का सभापति दिनेश मणि पटेल, महासमिति सदस्य बदरुल हक खान , नेपाली काँग्रेसका सफि मोहम्मद शेष , सहरे आलम खान, बृजमोहन यादव लगायतले प्रतियोगिता निकै प्रतिस्पर्दात्तमक र सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको भन्दै प्रशंसा गर्नु भएको थियो ।