27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 07:39

TRENDING .

गुहार माग्दै सुस्ता : राज्य र प्रकृतिबाट ठगिएको नेपाली भुमी

- Advertisement -

नविन पौडेल ।भदौ ६ । सुस्ता नपुगेका र सुस्ताबारे अनविज्ञ  रहेका हाम्रा देशका शिर्ष नेताहरु कमै मात्र होलान ।सुस्ताका समस्या समाधानका लागी नेपाल भारत विवादास्पद भुमी सुस्ता पुगेका नेताले सुस्तामा गरेका प्रतिबद्धता र्फकदा नारायणी नदिमा बगाएर आउदा सुस्ताको समस्या ज्यु को त्यु छ। बर्षाको समयमा नारायणी नदि बढ्ने हुदा नेपाली भुमी बाट पुग्न नसकीने सुस्ता पुग्न भारतिय बाटो हुदै जानुपर्ने विडम्बना भोग्नुपरेको पनि वषौ भईसक्यो । त्यसोत हिउदको समयमा पनि नारायणी नदिमा डुङगा बाट जोखिम पुर्ण यात्रा गर्नुपछ। । भारतिय बाटो हुदै जादा सिमा सुरक्षाबल एसएसबि को चरम दमन तर यि कठीनाईका बिच पनि नेपाली भुमी प्रति सुस्ता बासीको आत्मीएता स्यालुट गर्न लाएक   छ।   शिक्षा स्वास्थ्य , खानेपानी ,बाटो , विजुलि जस्ता आधारभुत आवश्यक्ता बाट बन्चित यहाका बासीन्दा को जिवन त्रसीत र अभाबपुर्ण मा ब्यतित हुने गरेको छ तर सरकार मौन छ । काठमाण्डौमा बसेर राष्टियता का चर्का भाषण गर्ने हामा्र देशका नेताज्युहरु लाई के थाहा सुस्ताको अभाब र पीडा अनि कसरी होस सुस्ताको सुरक्षा र समस्या को समाधान ।त्यसोत सुस्ता समस्यामा भारतिय द्धारा सुनियोजिते परीचालित केहि ब्यक्तिको कारणले पनि समय समयमा समस्याहरु बल्झाईरहने सा्रेतको दावि छ। जे होस सत्ता बाहिर हुदा  राष्ट्रियताका कुरा  गर्ने नेपाली राजनितिक दलहरु सत्ताामा पुगेपछि तै चुप मै चुप गर्ने परिपाठी यसको मुख्य दोसी रहेको पाईन्छ। यसरि भारत संग यहि विषयमा मनमुटाव गर्ने कुरा त होईन तर पनि आप्mनो भुमी र राष्ट्रियताको विषयमा भने अडिग हुन चाहि साच्चै सक्नुपर्ने साहस भएको नेतृत्वको अभाव गरिरहेका छन् सुस्ता बासी ।

सुस्ता बासीको सहारा  ३५ सय  जनताको साहारा दुई डुङगाा
करीब ३५ सय जनसङख्या रहेको सुस्ता बासीको सुख सुखमा साथ साथ  दिने एक मात्र सारथि हो हो डुङगा । पटक पटक पुल निमार्णका लागी सरकारी पक्ष ले आस्वासन दिएपनि ति प्रतिबद्धता आस्वासनमा नै सीमीत हुन पुग्दा प्रसव पिठाले छटछटीएकी महिला होस वा मृत्यु संग जुधिरहेको विरामी होस नारायणी नदि मा डुङगा चढाएर लानुपर्ने बाध्यता रहेको   गुनासो गर्नुहुन्छ सुस्ता बचाउ अभियान का उपाध्यक्ष आदम खां ।  जहानिय राणा शासनमा जनताको हकअधिकार खोसीयो जनताले स्वतन्त्र भएर बाच्न पाएनन् भन्ने राजनितिक नेतृतव प्रजातन्त्र आएपछि त झन आप्ःनो भुमी अतिक्रमीत भएको टुलुटुलु हेरीरहेका छन्  । त्यसोत २०४७ सालपछि मुलुकले एक दर्जन भन्द्या वढी  प्रधानमन्त्रि फेरसक्यो तर सुस्ता बासीले भने एउटा  डुङगा समेत फेर्न सकेको छैन।  १४ हजार हेक्टर नेपालि भुमी अतिक्रमण गरेको भारतले नारायणी नदिको बहाब को काल्पनिक सीमा अतिक्रमण गर्दै आएको छ। नारायणी नदि आफैमा देशको बहुमुल्य सम्पति हो तर यहि नारायणी नदि सुस्ता बासी का लागी भने अभिसाप भएको छ। खेति योग्य जमीन कटान गर्नृ का साथै अन्त्यमा नारायणी नदिको बहाब नेपाल तिर बढी ढल्कीएको हुदा समयमा नै उचित नियन्त्रण नभए केहि बर्ष मा नै सुस्ता बगर मा परीणत हुने  सम्भावना छ। सुस्ता नाम मा मात्र सीमीत हुने छ। यस तर्फ सम्बन्धित पक्षको ध्यान जानुपर्ने हो तर सरकार कानमा तेल हालेर बसीरहेको सुस्ता बचाउ अभियान का अध्यक्ष गोपाल गुरुङ को भनाई छ। उखु खेति गरेर जिविका चलाउने सुस्ता बासी को जिवन चर्या अहिले नारायणी नदिले गरेको तिब्र कटान को कारण सुस्ता बासी चिन्तित छन्। जनताको तटबन्ध जस्ता नारा दिएर सरकारले केहि नदिहरुमा तटबन्ध गरेपनि न्यो योजनाले पनि छुन सकेको छैन  सुस्ता लाई । आखिर बहुचर्चित सुस्ता को सवाल मा  नेपालका राजनितिक दल कीन चुप छन्। सत्ता बाहिर हुदा सुस्ता पुगेर चर्का भाषण गर्ने नेताहरु सत्तामा पुगेपछि भने तै चुप मै चुप भएर सत्ता टिकाउनै का लागी चुप बसेको आरोप लगाउनुहुनछ सुस्ता की महिला नेतृ लैला वेगम । पटक पटक नेपाल भारत बिच सुस्ता विवाद बारे छलफल भने नभएको होईन तर नेपालको तर्फबाट  स्पस्ट अडान राख्न नसक्दा सुस्ता बासी पिडा र त्रास मा जिवन जिउन बाध्य छन्। उनिहरुको आखांमा नेपाल राज्य विहिन छ।  आखिर कतिन्जेल सुस्ता बासीले भारतिय को ज्यादति सहेर बस्ने ? नारायणी पारी भारतमा सीमासुरक्षाका लागी भन्दै अत्याधुनिक हतियारमा सुसज्जित  एस एस वि छ भने वारि नेपाल प्रहरी र ससस्त्र प्रहरीहरु पुरानै शैलिको सामान्य हतियारमा देख्दा लाग्छ भारत का पेसेवर अपराधिले समेत धावा बोल्न सक्ने हुदा  त्यस क्षेत्रमा सुरक्षा ब्यवस्था पनि मजबुत हुनुपर्ने सीमा वासीको माग रहेको छ।

सुस्ता रोईरहकोेछ र भन्दै छ बचाउ मलाई मेरो अस्मिता लाई रक्षा गर नेपाली

यसरी धर्ति ले गुहार मागेको बेला   नेपालका राजनितिक दल र सरोकारवाला सुस्तामा पर्यटक बनेर जाने र नारायणी नदि पार गरेपछि आप्ःना प्रतिबद्धताहरु नदिमा बगाएर आउने सुस्ता बासीको गुनासो रहेको छ।   शिक्षा, स्वास्थ्य ,र खाध्यान्नको अभाबमा पिल्सीरहेका सुस्ता बासी माथि भारतिय ज्यादति यो सरकार टुलुटुलु कतिन्जेल दर्शक बनेर हेर्ने हो। समयमा नै बैज्ञानिक नक्साङन र भारतिय ज्यादतीका विरुद्ध उच्च स्तरीय पहल नहुने हो भने ईतिहासले हामी सबैलाई धिक्कार गर्ने छ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्