27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 10:33

TRENDING .

नवलपरासीमा रक्सि र बोक्सिको अन्धविश्वासका कारणले घरेलु हिंसा रोकिएन

- Advertisement -

नवलपरासी , भदौ ६ । रक्सि र बोक्सिको अन्धविश्वासका कारणले नवलपरासिका कतिपय क्षेत्रका महिलाहरु माथि हिसां हुने गरेको एक पाईएको छ । क्रियाशिल पत्रकार महिला नवलपरासीको आयोजनामा मनरी गा.वि.स. मा सम्पन्न घरेलु हिसां सम्बन्धि परामर्श कार्यक्रममा सहभागीले अझै पनी यस्तो अन्धविशवास र कुरिती रहेको वताएका हुन् । उनिहरुले समाजमा हुने धेरैजसो घरेलु हिसांहरु मदिरा सेवनकै कारण हुने गरेको बताएका छन् । यस्तै मनरी गाविसमा कतिपय महिलामाथी बोक्सिको आरोपमा समेत हिसां हुने गरेको समेत उनीहरुको गुनसो थियो । रक्सि र बोक्सिका कारण हुने अधिकाशं हिसांहरु पुरुष बाट हुने तथा निमुखा र विधवा महिलाहरु माथि हुने गरेको उनीहरुले बताएका थिए । समाजको डरका कारण महिला माथि हुने कुनै पनि हिसांहरु बाहिर आउन नसकेको भन्दै प्रक्रिया अनुसार हिसांहरुको न्युनिकरण गर्न समाजका हरेक ब्यक्तिहरु एकभएर लाग्नु पर्नेमा उनिहरुले जोड् दिएका थिए । कार्यक्रम क्रियाशिल महिला पत्रकार नवलपरासिका उपाध्यक्ष ज्ञानु , पंगेनीको अध्यक्षता ,सदस्य आरति रानाको स्वागत र मनरी गा.वि. स.का सचिव गुन्जेश्वरी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । संकल्पको सहयोगमा भएको सो कार्यत्रलममा मनरी गा.वि.स.का विभिन्न राजनितिक दल तथा सामाजिक संघसंस्थाका ब्यक्तिहरुको सहभागितारहेको थियो । यस्तै आईतवार नै तिलकपुर गाविसमा पनी घरेलु हिसां सम्बन्धि गा.वि.स. स्थरिय परामर्श कार्यक्रममा भएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले महिला माथि हुने शारीरिक तथा मानसिक हिंसाका घट्नाहरु डर त्रासका कारणले बाहिर आउन नसकेको बताएका थिए । हिंसाका घट्नाहरु बाहिर आएमा आफुलाई हेर्ने दृष्टिकोणमा नकारात्मक प्रभाव पर्ने डरले हिंसाका घट्नाहरु बाहिर नआउने गरेको उनिहरुले बताएका हुन ।[ad id=”8142″][ad id=”7822″]

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्