हुलाकी । भदौ ४ । नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र आन्तरीक सरसल्लाह नगरी सभापतीले एकलौटी ढंगले चलाउन खोजेको आरोप लगाउनुभएको छ । नेपाली काग्रेस गैडाकोट नगर समितीले आयोजना गरेको ४ दिने वडा सचिव स्तरीय उद्घोषण तालिमको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो वताउनुभएको हो । पार्टी भित्र सम्वाद भन्दा पनी पार्टी सभापती र केही निकटस्थ सल्लाहाकारको भरमा पार्टी चलेको भन्दै यस्लाई सच्चाएर अगाडी वढ्न पार्टी सभापती शेर वहादुर देउवा लाई पौडेलले सुझाव दिनुभयो । नेता पौडेलले आफु लोकतान्त्रिक पद्धतीको दिगो विकासका लागि लागीपरेको भन्दै सत्ता भन्दा पनी लोकतान्त्रिक पद्धतीको संस्थागत विकासमा लाग्नुपर्ने वताउनुभयो । एक अर्को प्रसंगमा नेता पौडेलले स्थानीय तह र निकाएको पुर्नसंरचनामा वैज्ञानिक तथा व्यवहारीक पक्ष लाई ध्यान दिएर सिमाङकन गर्नुपर्ने वताउदै अहीले सिमाङकन भैरहेको स्थानीय तहको संरचनामा केही फेरबदल गर्नुपर्ने वताउनुभयो । ४ दिन सम्म चल्ने उद्घोषण तथा पार्टी प्रशिक्षणमा मोहन ज्ञवाली , गुरुराज घिमीरे लगाएतकाले प्रशिक्षण दिनुहुने नगर सभापती तारापती खरेलले जानकारी दिनुभयो । [ad id=”8142″]