27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 08:23

TRENDING .

बाचुन्जेलीलाई…. जिन्दगीको एक अनुपम भोगाई

- Advertisement -

कृष्ण सापकोटा । ७४ वर्षिय प्रेम कुमार भुसाल अझै पनी हट्टाकट्टा छन् । बेस्ट मिडियाको अफिसमा आईपुग्दा  हामीले सोध्यौ बुवा,  तपाईत अझै तन्नेरी नै हुनुहुन्छ नी ? भुसाल मुसुक्क मुस्कुराउदै  “ ईश्वरको कृपाले रामै छ ” भने । विशेष हामीले भुसाल लाई भेट्नुको कारण भने बेग्लै थियो । चिया पिउदै गफ सुरु गरेर मैले भने बुवा चिया पिउनु हुन्छ ? मैलै चिया पिउनु हुन्छ भनेर के भनेको थिए , भुसाल को उत्तर सुनेर हामी सवै अचम्मित भयौ । त्यो कारण भने पछी खुलाउला ।bhusal
हामी अधिकासंले आफ्नो जन्म दिनमा साथीभाई , छरछिमेकी तथा प्रियजन बोलाएर भोज भतेर गछौ , सक्नेले पार्टि प्यालेसमा नै ककटेल पार्टि गछौ । यो अहीले समाजमा देखाउनैका लागि भएपनी नसक्नेले समेत ऋण काढेर औपचारीकता निभाउनुपर्ने जस्तै भएको छ । तर प्रेम कुमार भुसालले भने हरेक वर्ष आफ्नो जन्म दिनको दिन भोजभतेर गर्नेतिर होईन सामाजिक काम गर्नुहुन्छ । त्यो पनी २०१९ साल देखी अहीले सम्म आफ्नो जन्म दिनको दिन सामाजिक कामका लागि वर्षेनी आर्थिक सहयोग गर्दै आईरहनुभएको छ । तपाईले आफ्नो जन्म दिनमा सधै दान धर्म गर्नुहुन्छ किन ? भनेर प्रश्न गर्दा भुसालको यो दान यात्राको भोगाई केही प्रगतिशिल त केही निकै रोमाञ्चक लाग्यो ।

चिया पिउन छाडेर साथीको विद्यालय शुल्क
“ कुरा २०१९ सालको हो । पाल्पाको जनता विद्यालयमा भुसाल अध्ययन गर्थे । संगै कक्षामा पढ्ने कृष्णमान सार्की केही हप्ता विद्यालय जान छाडेर जुत्ता सिलाउन बाटोमा बसेको देखे । एक दुई दिन त् केही बोलिन तर एक हप्ता कटेपछी मेरो मनमा यो साथी किन विद्यालय गएन  भन्ने सोध्न मन लाग्यो अनि जुत्ता सिलाएकै ठाउंमा गएर भने ए कृष्णे , विद्यालय जाने होईन ? कृष्णे केही बोलेन अनि कैले उस्को सर्टको कलरमा समातेर विद्यालय तान्दै लगे । अब विद्यालयको गेटमा पुगे कृष्णे रुन थाल्यो । कुरो के रहेछ भने उस्लाई विद्यालयको शुल्क नतिरेको भन्दै विद्यालय वाट निकालिएको रहेछ । यो घटनाले मलाई निकै दुःखी बनायो । प्रधानाध्यापक लाई भनेको ५० पैसा शुल्कमा पनी कसरी मिनाहा गर्ने भन्नुभयो त्यसपछी  मैले त्यो दिन देखी चिया पिउन छाडे । त्यही चिया पिउने खर्चले कृष्णेले पढ्न पायो । मेरो मन सारै खुसी भयो त्यो दिन देखी मैले सहयोग गर्न सुरु गरे र हरेक वर्ष सहयोग गर्दै आईरहेको छु ।

मन्दिर लाई भन्दा विद्यालय लाई सहयोग गर्छु
वि.स. १९९९ साल साउन ३२ गते  पर्वतको उराममा जन्मनुभएका भुषालको परिवार स्याङजा हुदै २०५२ सालमा नवलपरासीको कावासोती आईपुगेको हो । जिन्दगी पैसा कमाउनका लागि मात्र रहेनछ , जिन्दगीत एउटा ठुलो किताब हो जस्लाई बुक्ष्न निकै कठीन छ । bhusal 1तर पनी कठीनताका बिचमा  जिन्दगीमा एउटा पाटो हुन्छ जस्ले मानिस लाई सधै सुः खको महसुस गराउन सक्छ तयो हो आत्मीएता र सहयोग । अहीले सम्म आफ्नो जन्मदिनको अवसर पारेर १० लाख भन्दा बढी नगद दान सहयोग गरीसक्नुभएका भुषाल चर्चामा नआएपनी उहांको समाज प्रतिको उत्रदायित्व भने सवैले सम्झन लाएक छ । आफ्ना सन्ततिका लागि धनमात्रै कमाउने भन्दा पनी राम्रो शिक्षा दिएर सक्षम बनाईदिनु नै ठुलो कर्म हो त्यसैले मठ , मन्दिर वनाउनु भन्दा पनी मैले विद्यालय लाई सहयोग गर्छु जहां मन भएर पनी पढ्न नपाएका विद्यार्थीले शिक्षा पाउन सकुन  ।  अहीले सम्म करिब १० ओटा विद्यालयमा आर्थिक तथा पाठ्यपुस्तक र दुर्गममा बाटो , कच्चि पुल लगाएका काममा सहयोग गरेको छु । अझै पनी सहयोग गरीरहने मन छ ।

हामी संग कुराकानी गरीरहदा भुसालले थपे “ रुख काट्दै नकाट्ने होईन तर काटेपछी नयां विरुवा रोप्नुपर्छ ” भनाईको अर्थ पैसा कमाउने मात्र होईन समाज लाई दिनुपनी पर्छ तर आफ्नो कर्म भने छाड्नुहुदैन् । आफ्नो यो काममा परिवारका सवै सदस्यको सहयोग र साथ रहेको भन्दै छोराछोरीले विशेषगरी यस्मा थप उर्जा थप्नेगरेकोमा उनी खुसी छन् ।    यसरी भुसालले जस्तै हामीले पनी आफ्ना अनावश्यक खर्च कटाएर सामाजिक काममा लगाउन सक्ने हो भने सकारात्मक कामको सुरुवात हुन सक्छ । सवैले पैसा दिन नसक्लान तर वर्षमा एक दिन भएपनी सामाजिक काममा समय खर्च गर्न सकीयो भने सुन्दर समाज अनी मनकारी समाज निमार्णमा टेवा पुग्छ की  ?

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्