27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 02:01

TRENDING .

पाँच मन्त्रीले लिए सपथ

- Advertisement -

३० साउन  । प्रधानमनन्त्री पुष्पकमल दाहालले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचन भएका दाहालले यसअघि मन्त्रिपरिषद् ९ सदस्यीय पुर्‍याएका  थिए । उनले आइतबार आफ्नो पार्टी नेकपा माओवादी केन्द्रबाट ५ मन्त्री थपेर मन्त्रिपरिषद् १४ सदस्यीय पुर्‍याएका छन् । माओवादीले आफ्नो कोटाका ८ जनालाई मन्त्री बनाएपनि नेपाली कांग्रेसले भने मन्त्रीको नाम छनौट गर्न सकेको छैन । १३ मन्त्रालय पाएको कांग्रेसले अहिलसम्म २ मन्त्रीमात्र पठाएको छ । आइतार माओवादी केन्द्रबाट जनार्दन शर्मा ‘प्रभाकर’, सरेन्द्र (राम) कार्की, हितराज पाण्डे र धनिराम (डीआर) पौडेल मन्त्री बनेका छन् । शर्माले ऊर्जा, कार्कीले सञ्चार, पौडल विना विभागीय र पाण्डेले स्थानीय विकास मन्त्रालय सम्हालेका छन् । पाँचै मन्त्रीले आइतबार   राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सथप लिए । यसैगरी माओवादीबाटै धनमाया विक विना विभागीय, श्रीप्रसाद जवेगु स्थानीय विकास, सत्यनारायण भगत ऊर्जा र राधिका तामाङले कृषि राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । यसअघि माओवादीबाट कृष्णबहादुर महरा उपप्रधान एवं अर्थ, दलजीत श्रीपाइली युवा तथा खेलकुद र गौरिशंकर चौधरी कृषि मन्त्री भइसकेका छन् । यसैगरी १३ मन्त्रालयको भागवण्डा भएको कांग्रेसबाट विमेलेन्द्र निधि उपप्रधान एवं गृह, रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात मन्त्री भइसकेका छन् । यसैगरी सत्ता साझेदार साना दल राप्रपाका दीपक बोहोरा आपूर्तिमन्त्री र विक्रम पाण्डे भूमिसुधार तथा व्यवस्था मन्त्री र नेकपा (संयुक्त) का जयदेव जोशी जनसंख्या तथा वातावरण मन्त्री भइसकेका छन् ।[ad id=”8142″][ad id=”7822″]

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्