27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 02:07

TRENDING .

नेपालको एकमात्र गाडी निर्माता हुलासको विद्युतीय कार अब बजारमा आउने, मूल्य १४ लाख

- Advertisement -
नेपालमा गाडी उत्पादन गर्ने एक मात्र कम्पनी हुलास मोटर्सले आफ्नो विद्युतीय कारको नाम ‘दा भिन्सी’ राखेको छ। हाल काठमाडौँमा परीक्षण भइरहेको यो कार करिब दुई सातामा बजारमा आउने हुलास मोटर्सका निर्देशक सुरेन्द्र गोल्छाले बताएका छन्।
‘हामीले यसलाई काठमाडौँकै लागि लक्षित गरेको भएर अहिले यहाँको बाटोमा परीक्षण गरिरहेका छौँ। करिब दुई सातापछि हामी लन्च गर्नेछौँ,’ गोल्छाले भने।
‘दा भिन्सी’ कारको मूल्य १४ लाख ३० हजार रुपैयाँ पर्ने भएपनि ‘लन्चिङ अफर’ मा यसको मूल्य १४ लाखभन्दा कम हुने उनले बताए। गोल्छाका अनुसार यसलाई १३ लाख ९९ हजार रुपैयाँमा लन्च गरिनेछ। उनले भने, ‘सुरुमा यसलाई १३ लाख ९९ हजारमा लन्च गर्नेछौँ। छोटो अवधिका लागि यो मूल्य कायम हुनेछ। पछि भने तोकिएको मूल्य नै राख्नेछौँ।’
निर्माणको घोषणा गर्दा करिब १७ लाख रुपैयाँ पर्ने भनिएको भए पनि सरकारले विद्युतीय सवारीमा लाग्ने भन्सार कर घटाएसँगै आफ्नो कारको मूल्य घटाएको निर्देशक गोल्छाले सेतोपाटीसँग बताए।
महान् वैज्ञानिक तथा कलाकार लियानार्दो दा भिन्सीको नाममा आफ्नो कारको नाम राखेको उनले बताए।
हुलासले आफैँ बनाउने भने पनि हाल लन्च गरिन लागिएको यो कार भने चीनबाट आयात गरिएको हो। सुरुमै निर्माण गर्दा व्यवस्थापनमा गाह्रो हुने भएकाले अहिले गाडी नै ल्याएको गोल्छाको भनाइ छ।
लन्चपछि करिब एक महिनाको बजार प्रतिक्रिया हेरेर यसलाई नेपालमै निर्माण गरिने गोल्छा बताउँछन्। ‘अहिले हामीले चीनबाट गाडी ल्याएका हौँ। बजार प्रतिक्रिया अनुसार पछि हामी यसका पाटपूर्जा आयात गरी यहीँ एसेम्बल गर्छौँ,’ उनले भने, ‘सुरुमै निर्माण गर्न गाह्रो भएर यसो गरिएको हो।’ हुलास मोटर्सले गत चैत महिनामा विद्युतीय कार निर्माण गर्ने घोषणा गरेको थियो।
विद्युतीय सवारीसाधनको मुख्य अंग यसको ब्याट्री मानिन्छ। गोल्छाकाअनुसार उक्त कारको ब्याट्री फुल चार्ज गर्न करिब ७ देखि ८ घण्टा समय लाग्नेछ। यो एकपटक चार्ज गरेपछि एसी चलाउँदा १ सय ३० किलोमिटर र बिना एसी १ सय ५० किलोमिटरसम्म गुड्नेछ।
गोल्छाकाअनुसार यस विद्युतीय कारमा एसिड हाल्न नपर्ने ‘मेन्टिनेन्स फ्रि’ जेल ब्याट्री हुनेछ। ‘दा भिन्सी’ मा ५ केडब्लु, एसी मोटर हुनेछ। यो कारमा पार्किङमा सहज होस् भनेर रिभर्स क्यामरा, एसी, पावर लक, पावर विन्डोज, पावर स्टेरिङजस्ता फिचर समावेश हुने गोल्छाले बताए। यो हाल सेतो र रातो गरी दुई रङमा उपलब्ध हुनेछ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्