24.1 C
Kathmandu
Tuesday, April 16, 2024
Flowers in Chania

कामदारको तलव तत्काल दिन साउदीका राजाको निर्देशन, नेपाली आप्रबासीलाई राहत हुने आशा

- Advertisement -Flowers in Chania

काठमाडौं, साउन २४– साउदीका राजा सलमान विन अब्दुल्लाजिज अल साउदले कामदारको दिन बाँकी रकम तत्काल दिलाउन निर्देशन दिनुभएको छ । श्रम तथा सामाजिक विकास मन्त्रालयलाई अर्थमन्त्रालयसँग समन्वय गरि रोजगारदाता कम्पनीलाई दवाव दिन निर्देशन दिनुभएको हो ।

राजा सलमानले सबै कम्पनीलाई कामदारको पाउनबाँकी तलव तत्काल चुक्ता गर्न निर्देशन दिंदै सबै तलव भुक्तानी नगरेसम्म सरकारबाट रोजगारदाता कम्पनीले पाउन बाँकी रकम रोकिने भएको छ । साउदीमा कार्यरत आप्रवासी कामदारले तलव नपाएको गुनासो बढेपछि राजाले यस्तो निर्देशन दिनु भएको अरब न्युजले जनाएको छ ।  [ad id=”7822″]

साउदीको निर्माण कम्पनी ओगरले हजारौं कामदारको तलव ९ महिनादेखि नदिएको उजुरी परेको थियो । लामो समयदेखि काम गरेको तलव नपाएपछि कम्पनी कार्यरत कामदार आन्दोनमा उत्रिएका छन् । उनीहरुले कम्पनी प्रशासनले बेवास्ता गरेको भन्दै जेद्दाको सडकमा उत्रीएर नाराबाजी गरेका थिए ।

समस्यामा परेका कामदारलाई आवस सुविधा उपल्व्ध गराउन श्रम मन्त्रालयलाई निर्देशन दिनु भएको छ । भारत र फिलिपिन्सका कामदारलाई आफ्नै देशको सरकारले खाद्य सामाग्रि वितरण गरेपनि अन्य देशका कामदारको भने विजोग भएको भन्दै सबै देशका कामदारलाई समान रुपमा वितरण गर्न भनिएको छ ।

अलपत्र कामदारको उद्धारमा लागेको खर्च सरकारबाट रोजगारदाता कम्पनीले पाउने रकम बाट कट्टा गरिने पनि उल्लेख गरिएको छ । अरेवियन एयरलाइन्ससँग समन्वय गरेर घर फर्किन चाहने कामदारलाई घर फर्किने व्यवस्था गर्ने र यसको सबै खर्च रोजगारदाता कम्पनीलाई व्यहोराउन भनिएको छ ।

पीडित कामदारले पाउन बाँकी सुविधाका लागि कानूनि सहायता दिने संस्थासँग सम्झौता गरेर स्थानिय अदालतमा मुद्दा दर्ता गराउने व्यवस्था गर्न, फर्किन चाहने कामदारलाई भिसाको व्यवस्था गर्न राहदानी विभागलाई परराष्ट्र मन्त्रालय र सम्बन्धीत निकायसँग समन्वय गर्न पनि राजाले निर्देशन दिनुभएको छ । अलपत्र कामदारको उद्धारका लागि श्रम मन्त्रीको मातहतमा रहने गरि एक सय मिलियन रियालको राहत कोष खडा गरिएको छ ।

श्रम मन्त्रीलाई सम्बन्धीत देशका कुटनितिक नियोगसँग भेट गरि कुन देशका कति कामदारको तलव भुक्तानी गर्न बाँकी छ तथ्याँक लिन भनिएको छ । यो सबै खर्च सम्बन्धित कम्पनीलाई नै व्यहोराउने तयारी छ । साउदीका विभिन्न कम्पनीले तलव नदिएपछि नेपाली, भारतीय, फिलिपिनो, पाकिस्तानी लगायत हजारौं आप्रवासी कामदार साउदीमा अलपत्र परेका छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्