27 C
Kathmandu
Saturday, September 26, 2020
2020 Sep 26, Saturday 12:47

TRENDING .

नेविसंघको महाधिवेशनको तयारी अन्तिम चरणमा

- Advertisement -

साउन २०  :  आगामी साउन २३ गतेबाट सुरु हुने नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

होटल बुकिङ, प्रचारप्रसार, मञ्च व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको नेविसंघका प्रवक्ता यूपी लामीछानेले जानकारी दिए । उनका अनुसार भृकुटीमण्डपमा हुने महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

महाधिवेशनमा सहभागी ३ हजार ४ सय प्रतिनिधिमध्ये ३ हजार प्रतिनिधि काठमाडौं उपत्यका बाहिरका रहेका छन् । उनीहरूका लागि होटल बुकिङ भइसकेको आउने क्रम सुरु भएको प्रवक्ता लामीछानेले बताए ।

नेविसंघको नीति तथा कार्यक्रम, शैक्षिक दस्तावेज लेखनको काम सकिएको जनाइएको छ । अधिवेशन भएका ६४ जिल्लाका प्रतिनिधिको सूची पार्टीलाई बुझाइएको र बाँकी ११ जिल्लाको विवाद मिलाउने काम भइरहेको लामीछानेले बताए ।

महाधिवेशनमा कुल १ करोड ७८ लाख ८० हजार खर्च हुने अनुमान लिइएको जानकारी दिँदै लामीछानेले आर्थिक व्यवस्थापनको सम्पूर्ण खर्च कांग्रेसले बेहोर्ने बताए ।

नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक दुई पार्टीबीच एकता भएयता पहिलो पटक नेविसंघको महाधिवेशन हुन लागेको छ । यसअघि पटक–पटक स्थगित हुँदै आएको महाधिवेशन यस पटक भने तोकिएकै मितिमा हुने लामीछानेले बताए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्