24.1 C
Kathmandu
Tuesday, April 16, 2024
Flowers in Chania

बाढीबाट नवलपरासीमा एकहजार घर प्रभावित

- Advertisement -Flowers in Chania

हरि शर्मा ।परासी, १९ साउन ः दुई हप्ता अघि आएको बाढीका कारण जिल्लामा एक हजारबढी घर प्रभावित बनेको जिल्ला दैविप्रकोप उद्दार समितिले जनाएको छ । पन्द्र सयभन्दा बढीं विगाहामा लगाएको धानबाली डुबानमा परेको छ भने पाँचसय बढी विगाहामा लगाएको धानबाली नष्ट भएको अनुमान छ । नगरपालिका र गाविसले तथ्यांक संकलन गरिरहेकोले केही दिनमा क्षतिको यर्थात विवरण आउने जिल्ला दैविप्रकोप समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए । अहिलेसम्मको विवरण अनुसार आठसय बढीको निवेदन परेको छ । जसमा धानबालीको क्षति र कटानका छन् । केही घरहरु नष्ट भएको निवेदनमा उल्लेख छ । आशिंक क्षति हुने घरको संख्याबढी छन् । बाढीले सबैभन्दा बढी रामग्राम नगरपालिकामा क्षति पु¥याएको छ । त्यस्तै सुनवल, हकुई, बञ्जरीया दुम्किवास, नयाँबेलहानी, सनई, रामपुरखडौना, भुजहवा, रमपुरवा, नर्सहीलगायतमा क्षति पुगेको प्रजिअ पन्थले बताए ।
जिल्ला दैविप्रकोप समितिमा क्षतिपुर्ति र राहतका लागि निवेदनको चाङ्ग छ तर सरकारी निकायबाट भने अहिलेसम्म कुनै पनि राहत वितरण गरिएको छैन । प्रमुख जिल्ला अधिकारी पन्थका अनुसार प्रकोपमा परेर मृत्यु भएमा ४० हजार र पूर्ण रुपमा घर क्षति भएकालाई पाँच हजारबाहेक अन्य राहत रकम उपलव्ध गराउने सरकारी प्रावधान छैन । राहतका लागि विभिन्न संघसंस्थाहरुलाई अनुरोध गरिएको र सोही अनुसार समितिको समन्वयमा प्रभावित स्थानहरुमा राहत वितरण गरिएको प्रजिअ पन्थले बताए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्