27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 08:14

TRENDING .

प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित (जिवनी सहित )

- Advertisement -

१९ साउन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा बुधबार निर्वाचित भएका छन् ।

प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो । यसअघि २०६५ सालमा पनि प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

गणतान्त्रिक नेपालमा दुईपटक प्रधानमन्त्री बन्ने प्रचण्ड पहिलो कम्युनिष्ट नेतासमेत बनेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावको पक्षमा ३६३ र विपक्षमा २१० मत खसेको छ । संसद बैठकमा जम्मा ५७३ सांसद उपस्थित थिए ।

को हुन प्रचण्ड

नाम : पुष्पकमल दाहाल प्रचण्ड
(कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहालबाट नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरिएको, भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, प्रचण्ड, निर्माण, प्रचण्ड)
बाबुको नाम : मुक्तिराम दाहाल
–आमाको नाम : भवानी दाहाल
–श्रीमति : सीता दाहाल (२०२६ मा विवाह)
–जन्मस्थान : ढिकुर पोखरी गा.वि.स., वार्ड नं. २, लेवाडे, कास्की, गण्डकी अञ्चल
–जन्म मिति : २०११ साल मंसिर २६ गते
–६ बहिनी, २ भाईमध्ये पहिलो सन्तान
–बसाँइ सराई २०१९ सालमा ढिकुर पोखरी –२ बाट चितवन भरतपुर, शिवनगर गा.वि.स.मा भएको ।
– छोरीहरु : ज्ञानु दाहाल, रेणु दाहाल, गंगा दाहाल
–छोरा : प्रकाश दाहाल
–भाई : गंगाराम दाहाल
– बहिनीहरु
– अप्सरा भण्डारी, सिता अधिकारी, कमला पौडेल, विष्णु भण्डारी, सरस्वती पाठक
– प्राथमिक शिक्षा : महेन्द्र प्राथमिक विद्यालय, ढिकुर पोखरी
–माध्यामिक शिक्षा : नारायणी विद्या मन्दिर मा.वि., शिवनगर
– आई.एस्सी. : पाटन संयुक्त क्याम्पस
– वि. एस्सी., एजी.: रामपुर कृषि क्याम्पस
–अध्यापन : नारायणी विद्या मन्दिर मा.वि., शिवनगर, डण्डा मा.वि., नवलपरासी, भीमोदय मा.वि., आरुघाट, गोरखा
–कर्मचारी सेवा : यू.एस.एड ०३२

राजनैतिक जीवन :

२०२८ सालमा पुष्पलाल समूहमा पार्टी सदस्यता
२०३१ सालमा माक्र्सवादी अध्ययन समूहको गठन
२०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश ÷ २०३५ सालमा पूर्णकालीन
२०३६ सालमा चितवन जिल्ला समिति सदस्य निर्वाचित
२०३८ सालमा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको महासचिव
भूमिगत जीवन २०३८ सालदेखि २०६३ सालसम्म
२०४० सालमा अखिल नेपाल युवक संघको केन्द्रीय समितिको अध्यक्ष
२०४१ सालमा ने.क.पा. (मशाल) को केन्द्रीय समिति सदस्यमा निर्वाचित – पाँचौ महाधिवेशनबाट
२०४२ सालमा ‘मशाल’को केन्द्रीय समितिको पोलिटव्युरो सदस्य
२०४६ सालमा ने.क.पा. (मशाल)को महामन्त्री
२०४८ सालमा ने.क.पा.(एकता केन्द्र) को महामन्त्री
२०५१ सालमा ने.क.पा.(माओवादी) को महामन्त्री
२०५७ सालमा दोश्रो राष्ट्रिय सम्मेलनबाट ने.क.पा.(माओवादी)को अध्यक्ष
२०५८ सालमा जनमुक्ति सेना, नेपालको सर्वोच्च कमाण्डर
२०६३ साल असार २ गते काठमाण्डौंमा भूमिगत जीवनबाट सार्वजनिक
२०६४ चैत्र २८ मा भएको संविधानसभा निर्वाचनामा काठमाडौं १० रोल्पा २ वाट विजय
२०६५ साउन ३१ मा गणतान्त्रिक नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री
२०६६ बैशाख २० मा प्रधानमन्त्रीवाट राजीनामा
२०६९ मा हेटौडा महाविधेशनबाट पार्टी अध्यक्ष
२०७० मा भएको दोस्रो संविधानसभा चुनावमा सिराह–५ बाट विजयी
२०७१ विराटनगर सम्मेलनबाट पार्टी अध्यक्ष
२०७३ जेठमा पार्टी एकता, पार्टीको नाम माओवादी केन्द्र

– See more at: http://www.ratopati.com/news/68235/#sthash.bj86v6Wf.dpuf

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्