27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 04:23

TRENDING .

भारतमा पुल भत्कियो , २२ बेपत्ता

- Advertisement -

साउन १९ । भारतको मुम्बई–गोवा राजमार्गमा बाढीका कारण पुल भत्किंदा सवारीसाधन सहित २२ जना नदीमा बेपत्ता भएका छन् । मुम्बई–गोवा राजमार्गमा पर्ने साबित्री नदीमाथिको पुल बाढीका कारण गएराती भत्किएको हो । पुलको ८० प्रतिशत भाग भत्किएर नदिमा खसेको भारतीय सन्चारमाध्यमले जनाएका छन् । पुल भत्किंदा १२ देखि १५ वटा गाडीले पुल पार गर्न लागेको र ति मध्ये २ वटा बस र अरु केही गाडी खसेका बताईएको छ । ति गाडीमा रहेका २२ जना बेपत्ता छन् । स्थानीय प्रशासनले उद्धार तथा राहतका लागि ५० जना भन्दा बढी उद्धारकर्ता खटाईएको जनाएको छ । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फणनविसले महाबलेश्वर क्षेत्रमा भारी वर्षाका कारण नदीमा पानीको स्तर बढेर पुल भत्किएको बताउनुभएको छ । उहाँका अनुसार भत्किएको पुल संगै बनेको अर्को पूलबाट अहिले यातायात सन्चालन भईरहेको छ । भारी वर्षाका कारण महाराष्ट्रका धेरै भाग प्रभावित भएका छन् । अहमदनगरमा २४ घण्टामा ४ सय ८१ मिलिमिटर पानी परेको छ । मौसम विभागका अनुसार महाराष्ट्रमा यो वर्षको मनसुनमा एक दिनमा यति धेरै पानी परेको यो पहिलो पल्ट हो । नासिकमा ९२ गाउँ डुबानमा परेसंगै दुई दिनका लागि हाई अलर्ट जारी गरिएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्