27 C
Kathmandu
Thursday, September 24, 2020
2020 Sep 24, Thursday 12:12

TRENDING .

जिविस ठेक्का विवाद छानविन नगरे कारबाही गर्ने विप्लव माओवादीको चेतावनी

- Advertisement -

हरि शर्मा ।
परासी,१६ साउन  । जिल्ला विकास समिति नवलपरासीले लगाएको ठेक्काका कारण नागरिक समाज र सर्वसाधारणहरु माथी आक्रमण भएको भन्दै विप्लव नेतृत्वको नेकपा माओवादी नवलपरासीले छानविन गर्न माग गरेको छ । जिल्लालाई घाटा हुने गरि मिलमतोमा लगाइएको ठेक्का खारेजीको माग गर्दा केही उच्छृङ्गखल व्यक्तिहरुले नागरिकसमाज र सर्वसाधारहरु माथी आक्रमण गरेको भन्दै छानविन गर्न माग गरेको हो ।   आर्थिक चलखेलको आधारमा टेण्डर सूचना गोप्य राखेर जिल्ला निकासी दिइएको विषयमा नागरिक स्तरदेखि राजनीतिकदलहरुले आवाज उठाउँदासमेत सम्बन्धित निकायले वास्ता नगरेको भन्दै भ्रष्टचार विरुद्ध आफ्नो पार्टी अग्रसर हुन बाध्य हुने जनाइएको छ । पार्टीका जिल्ला सेक्रेटरी पदमबहादुर केसी (जुझारु) द्धारा आईतवार जारी विज्ञप्तीमा अनियमितता, भष्ट्राचार, एवम नागरिक माथि भएको कुटपिटको छानविन गरि ठेक्काको वास्तविकता बाहिर ल्याउन प्रशासनलगायत सम्बन्धित निकायसँग माग गरिएको छ । पछिल्लो समय आफ्नो पार्टीले भष्ट्राचार र अनियमितताको बारेमा खबरदारी गर्दै आएकोले ठेक्काको छानविन नगरे कारबाही गर्ने विज्ञप्तीमा चेतावनी दिइएको छ । आर्थिक अनियमितताको आरोप आईरहँदासमेत स्थानीय विकास अधिकारी लालकृष्ण पौडेल मौन वस्नु र मिलमतो प्रष्ट भएको भन्दै  अन्य निकायको पनि मिलमतो हुन सक्ने भएकाले छानविन गर्न विज्ञप्ती मार्फत माग गरिएको छ ।
जिविसले आ.ब. २०७३÷०७४ का लागि लगाएको जिल्ला निकासीको ठेक्का गतवर्षभन्दा तीन करोड रुपैयाँ घटेर दिइएको विषयले उग्ररुप लिदै गएको छ । घटनाको छानविन गर्न माग गर्दै ज्ञापन पत्र बुझाउन जाने क्रममा गत साता नागरिक समाजका अध्यक्ष शंभु उपाध्यायलगायतका स्थानीयलाई ठेक्का पाएका व्यवसायीका यूवाहरुले कुटपिट गरेका थिए ।
गतवर्ष चार करोड २५ लाखमा ठेक्का दिइएपनि अहिले भने जिविसले एक करोड ३१ लाखमा दिएको छ । एक दैनिक पत्रिकामा निस्केको सूचनालाई जिविसले लुकाएको भन्दै विरोध हुँदै आएको छ ।  सूचना लुकाएका कारण ठेक्का प्रतिस्पर्धामा जान नसकेको र जिल्लालाई तीन करोड घाटा लागेको भन्दै कांग्रेस, एमाले, मधेसवादीदल लगायतका राजनीतिकदलहरुसमेत बदरको माग गरेका छन् ।
अघिल्लो वर्षको कबोल अंकभन्दा १० प्रतिशत बढेर ठेक्का दिईने प्रावधान भएपनि सो ठेक्का जिविसले तीन करोड घटेर दिइएको भन्दै चौतर्फी बिरोध भएको हो । विरोध भएपछि जिविसले ठेक्का पाएका व्यवसायीलाई कर उठाउने अनुमति (पट्टा) दिइएको छैन । ठेक्कालाई सदर गराउन जिविसले दुई पटकसम्म सर्वदलिय बैठक राखेको छ । तर जिल्ला नेताहरुले बदर गर्न माग गरेपनि स्थानीय विकास अधिकारी लालकृष्ण पौडेलले भने अटेरी गर्दै आएका छन् । स्थानीय विकास अधिकारी पौडेलले ठेक्का राजश्व परामर्श समितिद्धारा लगाएकाले अनियमति नभएको दाबी गर्दै आएका छन् । पत्रिकामा सूचना निकालेको उनको दाबी छ । ठेक्का बारे जानकारी दिन जिविसले जिल्ला प्रशासन, नगरपालिका, र अन्य सरकारी कार्यालयमा सूचनाको प्रतिलिपि टाँस गर्नुपर्ने भएपनि कतै पनि सो बारे जानकारी नपठाएको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताएका छन् । ठेक्का विवाद उग्रबन्दै गएको र प्रशासनमा समेत सो बारे उजुरी आएकाले सम्बन्धित निकायमा जानकारी पठाइएको पन्थले बताए ।  ‘पहिला भष्ट्राचारको मुद्दा हेर्ने अधिकार थियो अहिले अख्तियारमा गएकाले आफुले सो बारे सम्बन्धित निकायमा जानकारी दिने बाहेक अन्य केही गर्न सकिदैन । ’ प्रजिअ पन्थले भने ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्