27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 04:38

TRENDING .

राजनितिक दलको भोट गनेर होईन जनताको सुविधा हेरेर सिमा निर्धारण गर नवलपुरवासी

- Advertisement -

नविन पौडेल ।साउन १६। कावासोती ।
स्थानीय तहको पुर्नसंरचना आयोगले निर्धारण गरेको मापदण्ड नवलपरासी जिल्लाका लागि वैज्ञानिक नभएको नवलपुर वासीले गुनासो गरेका छन् । स्थानीय तहको पुर्नसंरचना प्राविधिक सहयोग समितीको कार्यशर्त तथा कार्यविधि समितीले कावासोतीमा आईतवार आयोजना गरेको छलफल कार्यक्रममा सहभागीले यस्तो गुनासो गरेका हुन् । आयोगले नवलपरासी लाई भित्री मधेशमा राख्दा पहाडी १७ गाविसको सिमाङकनमा समस्या पर्ने तथा जिल्ला प्रदेश नम्मर ४ र ५ मा विभाजित हुदा स्थानीय तहको पुर्नसंरचनामा कठीनाई हुने स्थानीयको भनाई रहेको छ । नवलपरासी जिल्ला लाई कुल ११ ओटा स्थानीय तहमा विभाजन गर्नेगरी आएको कार्यविधिमा दाउन्ने वारी र पारी कति कति ओटा स्थानीय तह हुने भन्नेमा समेत अन्यौल रहेको छ । विशेष गरी पहाडी गाविस लाई भित्री मधेशको मापदण्ड अनुसार सिमा निर्धारण गर्दा त्यस क्षेत्रका स्थानीयले संघियताको महसुस गर्न नसक्नेमा अधिकासं दलका प्रतिनिधीहरुको सुझाव रहेको थियो । कार्यक्रममा सहभागीहरुले राजनितिक दलका भोट गनेर भन्दा पनी जनताको सुविधाको आधारमा सिमा क्षेत्र निर्धारण हुनुपर्ने माग गरेका छन् । छलफल कार्यक्रम स्थानीय तहको पुर्नसंरचना प्राविधिक सहयोग समितीका संयोजक तथा स्थानीय विकास अधिकारी लालकृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्