27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 01:38

TRENDING .

नवलपरासीको पहाडी बाटो आठदिनदेखि अबरुद्ध

- Advertisement -
१४ श्रावण  |   दिपक भट्टराई ,

नवलपरासी -नवलपरासीको दलदले धौंवादी सडकखण्ड बिगत आठ दिन देखि अबरुद्ध छ । लगातारको बर्षाको कारण सडकखण्डको ठाउठाउमा बाटो भत्किएपछि सो बाटोमा यातायातका साधन चल्न सकेका छैंन ।

नवलपरासीको पहाडी गाविसहरु अर्खला , बुलिगंटार , धौंवादी , डेढगाउ , डाडाझेरी जाने मुख्य सडक भत्किएपछि त्यस क्षेत्रका हजारौं नागरिक प्रभावित भएका छन् । त्यस क्षेत्रका स्थानीय उत्पादनले बजार पाएका छैंनन् भने ति गाविसहरुमा खाद्यान्न र औषधी अभाव भएको बुलिगंटारका पदम गिरिले बताए ।

गिरिका अनुसार बाटो अबरुद्ध हुदा जिल्लाको मिनि सदरमुकाम कावासोती संगको सडक सम्पर्क टुटेको छ । जसका कारण त्यस क्षेत्रका सर्यौ नागरिकका सम्पन्न गर्नुपर्ने सरकारी कामकाज समेत प्रभावित भएका छन् ।

लेकबेसी यातायात व्यवसायी समिति नवलपरासीका उपाध्यक्ष रेशम सापकोटाले बाटो अबरुद्ध हुदा नवलपरासीका १७ पहाडी गाविस प्रत्यक्ष प्रभावित भएको बताए । उनले आठ दिन देखि बाटो अबरुद्ध हुदा स्थानीयले सास्ती खेपिरहेका छन् । दलदलेबाट ति क्षेत्रहरुमा ढुवानी हुने खाद्यान्न लगायतका अत्यावश्यक सामाग्री ठप्प भएका छन् । जसका कारण गाउहरुमा अभाव उत्पन्न भएको छ ।

आठदिनदेखि बाटो अबरुद्ध भएपनि बाटो मर्मत गर्नुपर्ने निकाय भने यस बिषयमा बेखबर जस्तैं छन् । जिल्ला विकास समिति नवलपरासी , पश्मिाञ्चल सडक डिभिजन कार्यालय जस्ता सरकारी कार्यालयका पदाधिकारीको यस बिषयमा ध्यान गएको छैंन ।

जिल्ला प्राविधिक कार्यालय नवलपरासीका प्रमुख ईन्जिनिएर कृष्णलाल पियाले बाटो खुलाउने पहल भईरहेको बताए । उनले सडकका दर्जनौं ठाउमा पहिरो गएकाले सडक मर्मतमा कठिनाई उत्पन्न भएको बताए । स्काभेटरले काम गर्न सकिरहेको छैंन उनले भने सडकका ठाउठाउमा खसेका ठुला चट्टान हटाउने प्रयास भईरहेको छ । उनका अनुसार पुर्ण रुपमा बाटो सञ्चालन हुन अझैं एक हप्ता लाग्छ ।

उद्योग वाणिज्य संघ देबचुलीका अध्यक्ष धर्म वस्यालले सरकारी निकायको ढिलासुस्तीका कारण जनताले दुख पाएको आरोप लगाए । उनले आठ आठ दिन सम्म बाटो अबरुद्ध हुदा पनि खुलाउने प्रयास नहुनुले सरकारी पदाधिकारी जनताप्रति संवेदनशिल नभएको उनको आरोप छ

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्