27 C
Kathmandu
Sunday, November 1, 2020
2020 Nov 01, Sunday 06:56

TRENDING .

जिल्ला विकास समिति नवलपरासीको ठेक्का विवाद छानविन गर्न नागरिक समाजको अख्तियारमा उजुरी

- Advertisement -

हरि शर्मा
परासी, १३ साउन ः जिल्ला विकास समिति नवलपरासीले लगाएको जिल्ला निकासी ठेक्का विवादले उग्ररुप लिएपछि त्यसको छानविन गर्न नागरिक समाज र विभिन्न व्यक्तिहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।
जिविसले सूचना लुकाएर जिल्ला निकासीको ठेक्का दिंदा जिल्लालाई तीन करोड घाटा लागेको भन्दै राजनीतिकदलहरुसमेत बिरोध गर्दै बदर गर्न माग गरेका छन् । तर जिविसले बदर गर्न नमाने पछि बारम्बार ठेक्का पाएका व्यवसायी र स्थानीय यूवा एवम् निर्माण व्यवसायीहरुबीच कुटाकुटसमेत हुँदै आएको छ ।
ठेक्का विषयले उग्ररुप लिएपछि त्यसको छानविन गर्न प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन गएको नागरिक समाजको टोलीलाई समेत ठेक्का पाएका व्यवसायीका यूवाहरुले कुटपिट गरेपछि विवादले उग्र रुप लिएको छ । विवाद भएपछि जिविसले पट्टा नदिएका कारण आक्रोशि भएका व्यवसायी पक्ष यूवाहरुले ज्ञापन पत्र बुझाउन गएको नागरिक समाजको टोली माथी कुटपिट गरेको नागरिक समाजका अध्यक्ष शंभु उपाध्यायले बताउनुभयो ।
ठेक्का विवाद सम्बन्धि राय लिन बसेको सर्वदलिय बैठकमा समेत दलका प्रतिनिधिहरुले ठेक्कामा आर्थिक चलखेलको शंका गर्ने प्रशस्त ठाउँ भएकाले त्यसलाई छानविन गरि बदर गर्न माग गर्दै आएका छन् ।
दलहरुलेसमेत बदर गर्न माग गर्दा जिविसले नमाने पछि नागरिक समाज र विभिन्न संघसंस्थाको नाउँबाट छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाण्डौं र बुटवल क्षेत्रीय कार्यालयमासमेत निवेदन पठाइएको नागरिक समाजका अध्यक्ष शंभु उपाध्यायले बताउनुभयो ।
गतवर्ष चार करोड २५ लाखमा दिइएको ठेक्कालाई मिलमतोमा तीन करोड घटेर दिइएको भन्दै चर्को बिरोधहुँदै आएको छ । सामान्यतया ठेक्का दिंदा गतवर्षभन्दा १० प्रतिशत बढाएर कबोल अंक राख्ने गरिएपनि त्यसको न्यूनतम र्शत पनि पूरा नगरेको पाइएको भन्दै बिरोध भएको छ । ठेक्काको न्यूनतम कोबल अंक एक करोड ३० लाख कायम गरिएको थियो । ठेकका एक करोड ३१ लाखमा सकार गरिएको छ ।
जिल्लाबाट बाहिर जाने ढुंगा, गिट्टी, बालुवा, ग्राभेल र रोडाआदीमा जिल्ला निकासी कर उठाउन भन्दै बुटवलको एक पत्रिकामा २०७३ जेठ २९ गते सूचना निकालिएको थियो । तर उक्त सूचनालाई जिविले लुकाएको  आरोप लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले केही दिनदेखि जिल्ला निकासी ठेक्काको विवादले चर्कोरुप लिएको भन्दै त्यसको छानविन गर्ने निकाय आफू नभएकाले सम्बन्धित कार्यालयमा जानकारी पठाईएको बताउनुभयो ।
प्रजिअ पन्थले अन्य टेण्डरमा प्रशासनमा सूचना टाँसका लागि आउने गरेपनि अहिलेको ठेक्काको भने कार्यालयमा जानकारीसमेत नआएको बताउनुभयो ।
स्थानीय विकास अधिकारी लालकृष्ण पौडेलले ठेक्काको सूचना नलुकाईएको दाबी गरे । उनले राजश्व परामर्शको सहमतिमा ठेक्का दिइएको बताउनुभाये । ठेक्का बदर गर्ने की सदर भन्ने विषयमा पुन दलहरुसँग परामर्श गर्ने बताउनुभयो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्