27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 12:26

TRENDING .

७ दिन भित्र सहमतीय आधारमा नयाँ सरकार गठन गर्न राष्ट्रपति भण्डारीको आह्वान

- Advertisement -

काठमाडौं, १० साउन, राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दलहरूलाई आह्वान गरेकी छन् ।

bidhya bhandariराष्ट्रपति भण्डारीले  ७ दिनको समय सीमाभित्र सहमतीय आधारमा नयाँ सरकार गठन गर्न  गर्न सोमबार साँझ आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पद्बाट राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै संविधानको धारा २९८ को उपधारा २ अनुसार सहमतीय सरकार गठनको आहृवान गरिन  ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तीमा ‘संविधानको धारा ३०५ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउने आदेश र सोही संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नको लागि व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको छ,’ भनिएको छ ।

राष्ट्रपतिले सोमबार नै बाधा अड्काउ फुकाउ आदेश जारी गरेकी थिइन् । सविधानको धारा २९८ अनुसार गठन भएको प्रधानमन्त्रीले राजीनामा दिएको तर, अर्को प्रधानमन्त्री निर्वााचित हुने प्रष्ट व्यवस्था नरहेका भन्दै मन्त्रिपरिषद्ले बाधा अड्काउ फुकाउने आदेश जारी गर्नराष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

सहमतीय सरकार गठनको आहृवान गर्नुअघि राष्ट्रपति भण्डारीले सोमबार नै प्रमुख तीन दलका शीर्ष नेताहरुसँग परामर्श गर्दै सहमतिका साथ अगाडि बढ्न आग्रह गरेकी थिइन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डसँगको छलफलमा राष्ट्रपति भण्डारीले दलहरुबीच आपसमा तित्तता उत्पन्न भए संविधान कार्यान्वयन जोखिमपूर्ण हुने भएकाले बाँकी समयको सक्दो उपयोग गर्न आग्रह गरिन ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्