27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 07:48

TRENDING .

माओवादी केन्द्रका केन्द्रिय सल्लाहाकार थनेतको निधन

- Advertisement -

नवलपरासी, १० साउन । नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहाकार खड्गबहादुर थनेतको गएराति निधन भएको छ । थनेतको गएराति चितवनको नारायणी सामुदायिक अस्पतालमा ह्दयघातका कारण निधन भएको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य किसान गैरेले बताए । नवलपरासीको कावासोती नगरपालिका १४ डण्डा निवासी ६७ बर्षीय खड्गबहादुर थनेत दुई दिन अघि ह्दयघात भई नारायणी सामुदायिक अस्पतालमा उपचार गराईरहेका थिए । आदिवासी जानजाति महासंघ नवलपरासीको पूर्व अध्यक्ष, राष्ट्रिय थारु संग्राहलयका अध्यक्ष, थारु कल्याणकारिणी सभाका केन्द्रिय पार्षद एवम् थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय सदस्य थिए । थनेतको आज नै नारायणी नदीको घाटमा अन्तेष्टी गरिने भएको पारिवारिक स्रोतले बताए । थनेतको निधनप्रति नेकपा माओवादी केन्द्र नवलपुर र नवलपरासीले दुख व्यक्त गरेको छ । नेकपा माओवादी केन्द्र नवलपुर जिल्लाका संयोजक किसान गैरे र नेकपा माओवादी केन्द्र नवलपरासीका संयोजक घनश्याम यादवले आज शोक वक्तव्य जारी गरी दुख व्यक्त गरेको हो । शोक वक्तव्यमा थनेतको निधनले कम्युनिष्ट आन्दोलनमा अतुलनीय क्षति पुगेको जनाइएको छ । त्यसैगरी नेकपा क्रान्तिकारी माओवादी नवलपरासीले पनि थनेतको निधन प्रति दुःख व्यक्त गरेको छ । नेकपा क्रान्तिकारी माओवादी नवलपरासीका इन्चार्ज अशोक लम्साल अनुकुलले आज एक शोक व्यक्तव्य जारी गरी थनेतको निधनले नेपालको कमप्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुगेको बताए । त्यस्तै यो· कम्युनिष्ट लिग नवलपुरका अध्यक्ष गणेश विक गुराँसले एक विज्ञप्ति जारी गरी थनेतको निधनप्रति दुःख व्यक्त गरेको छ । त्यसैगरी प्रेस सेन्टर नेपाल नवलपरासीका संयोजक गोपी ज्ञवाली, प्रेस सेन्टर नेपाल नवलपुरका संयोजक दीपक भट्टराई र क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीका अध्यक्ष रामकुमार श्रेष्ठले संयुक्त शोक वक्तव्य जारी गरी थनेतको निधन प्रति गहिरो दुख व्यक्त गरेको छ । त्यस्तै आदिवासी जनजाति महासंघ कावासोती नगर समन्वय परिषदका अध्यक्ष देवीसरा पुलामी मगर, थारु कल्याणी कल्याण सभा नवलपरासीका अध्यक्ष गणेशमान महतो लगायतले पनि वक्तव्य जारी गरि थनेतको निधन प्रति दुःख व्यक्त गरेको छ । यसैबीच थारु कल्याणकारिणी सभा नवलपरासी र आदिवासी जनजाति महासंघले थनेतको घर श्रद्धाञ्जली सभा गरेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्