27 C
Kathmandu
Sunday, November 1, 2020
2020 Nov 01, Sunday 07:52

TRENDING .

विवाद भएपछि नवलपरासीमा एलडिओ सुरक्षाका लागी प्रहरी (भिडीयो सहित)

- Advertisement -

हरि शर्मा
परासी, ९ साउन ः सूचना लुकाएर जिल्ला निकासीको कर उठाउन ठेक्का दिएको विषयले चर्को रुप लिन थालेपछि जिल्ला विकास समिति नवलपरासीमा सुरक्षाका लागि आईतवारदेखि प्रहरी खटाइएको छ ।
गतवर्ष चार करोड २५ लाखमा दिइएको ठेक्कालाई जिविसको मिलमतोमा तीन करोड घटेर दिइएको भन्दै स्थानीय विकास अधिकारी लालकृष्ण पौडेलको चर्को बिरोध भएपछि संम्भाव्य घटना हुन नदिन प्रहरी खटाइएको हो । जिविसले एक करोड ३१ लाखमा ठेक्का दिइएको छ ।

बुटवलको एक स्थानीय पत्रिकामा निस्केको सूचनालाई जिविसले लुकाएको आरोप लगाउँदै स्थानीय निर्माण व्यवसायी र केही राजनीतिक दलले बिरोध जनाउँदै आएका छन् ।  जिल्लालाई तीन करोड रुपैयाँ घाटा हुने गरि दिइएको ठेक्काको विषयमा छानविन गर्नुपर्ने माग राख्दै व्यवसायी र दलका प्रतिनिधिहरुले गत मंगलवार स्थानीय विकास अधिकारी र राजश्व कार्यालयमा ताला लगाएका थिए । तर जिविसले उक्त ठेक्का बारेमा जानकारी माग्दा वास्ता नगरेको भन्दै पुनः जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।
ठेक्काको विषयमा विवाद निस्केपछि सोमबारदेखि नै बाहिर रहेका स्थानीय विकास अधिकारी पौडेल र राजश्व शाखाका प्रमुख रिजवान अलि अंसारी आईतवार कार्यालयमा पुगेका थिए । घटेर दिइएको ठेक्काका विषयमा पुन आईतवार आक्रोशित व्यवसायी र दलका प्रतिनिधिहरु जिविस पुग्ने जानकारी आएपछि स्थानीय विकास अधिकारी र अन्सारीमाथी दुव्र्यवहार हुने आशंकामा सुरक्षाका लागी प्रहरी खटाइएको थियो ।
ठेक्काको विषयमा आक्रोश बढेपछि कर्मचारीहरुको सुरक्षाका लागी प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताए । ठेक्काको विषयमा छानविन गर्नका लागी उजुरी आएको र त्यस सम्बन्धिका फाईल जिविसबाट माग गरिएको प्रजिअ पन्थले बताए ।
। सामान्यतया ठेक्का दिंदा गतवर्षभन्दा १० प्रतिशत बढाएर कबोल अंक राख्ने गरिन्छ तर यसमा भने तीन करोड घटाएर रकम राखिएकोले आर्थिक चलखेल भएको आशंका निर्माण व्यवसायी र दलका प्रतिनिधिहरुले बताएका छन् । ठेक्कामा न्यूनतम कोबल अंक एक करोड ३० लाख कायम गरिएको थियो ।
जिल्लाबाट बाहिर जाने ढुंगा, गिट्टी, बालुवा, ग्राभेल र रोडाआदीमा जिल्ला निकासी कर उठाउन भन्दै २०७३ जेठ २९ गते पत्रिकामा सूचना निकालिएको थियो । तर उक्त सूचनालाई जिविले लुकाएर  साउन ३ गतेमात्र सूचना पार्टीमा टाँस गरेको निर्माण व्यवसायीको आरोप छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्