27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 09:48

TRENDING .

चेलीवेटी वेचविखनका लागि नवलपरासी नाका प्रयोग

- Advertisement -

हरि शर्मा
परासी,८ साउन ः  नवलपरासीका सीमावर्ती नाकालाई चेलीबेटी बेचबिखनको मार्गको रुपमा प्रयोग गर्ने कार्य बढेको  । नाकामध्ये सबैभन्दा बढी महेशपुर, त्रिवेणी र भुजहवा नाकालाई प्रयोग गर्न थालिएको हो । यस क्रममा प्रहरीले चार महिनाको अवधिमा १२ बढी महिलाहरुलाई उद्दार गरेको छ ।
उद्दार गरिएकाहरुलाई आफन्तको जिम्मा लगाएर पठाइने गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो । गरिवी, अशिक्षाका कारण चेलिवेटि वेचविखनका घटना बढेका छन् । कम पैसामा ठूलो मुलुक जान पाईने  प्रलोभनमा परेर धेरै चेलीहरु ठगिने गरेको प्रहरी उपरीक्षक चौधरीले बताउनुभयो ।  भूकम्पपछि चेलिवेटीहरुलाई रोजगारीका लागी बाहिर पठाउने कार्य बढेको चौधरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांक हेर्ने हो भने आठ महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानबाट विदेश लैजाने वहानामा उद्दार गरिएका महिलाहरुको संख्या बढ्दो छ । भारत  तेस्रो मुलकमा रोजागारी दिने भन्दै सीमावर्ती नाकाबाट मानव ओसारपसारका कृयाकलाप बढेका छन् । प्रहरी उपरीक्षक चौधरीका अनुसार सम्भावति नाकामा प्रहरीले निगरानी बढाएको छ । प्रहरीसँगै अन्य विभिन्न संघसंस्थाहरुको सहयोगमा चेलिबेटिवेचविखन हुन नदिन जनचेतना र शंकास्पद व्यक्ति उपर सोधपुछलाई तिव्रता दिइएको छ ।
अन्य जिल्लाभन्दा नवलपरासी जिल्लाका केही नाकाहरुलाई चेलिवेटिवेचविखनका लागी सहजमार्गका रुपमा प्रयोग गर्न थालेका छन् । विदेश जानेहरुले खुलेर आफ्नो गन्तव्य र कामका बारेमा जानकारी नदिदा अनुसन्धानमा समस्या भएको प्रहरीले जनाएको छ । प्रहरीको तथ्यांक अनुसार जिल्लाका १४ वटा गाविस मानव वेचविखनका लागि अतिप्रभावित गाविसका रुपमा छन् । त्यस्तै १३ गाविस प्रभावितका रुपमा लिएको छ । सोही अनुरुप विभिन्न कार्यक्रमहरु सञ्चालन पनि हुँदै आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्