27 C
Kathmandu
Sunday, November 1, 2020
2020 Nov 01, Sunday 07:26

TRENDING .

जिविस नवलरासीमा मिलमतोमा जिल्ला निकासीको ठेक्का दिइएको आरोप

- Advertisement -

हरि शर्मा
परासी,  ः पत्रिकामा निकालेको सूचना लुकाएर जिल्ला निकासीको ठेक्का दिइएको भन्दै जिल्लाका निर्माण व्यवसायी र राजनीतिकदलले जिल्ला विकास समिति नवलरासीले लगाएको ठेक्का बदर गर्न माग गरेका छन् ।
व्यवसायीहरु र राजनीतिकदलका नेताहरु जिल्ला विकास समितिप्रति आक्रोशित बनेका छन् । कर्मचारीहरुको मिलमतोमा दिइएको उक्त ठेक्काले जिल्लालाई तीन करोड रुपैयाँ घाटा पुगेको उनीहरुले बताएका छन् । गतवर्ष चार करोड २५ लाखमा जिल्ला निकासीको ठेक्का दिइएको थियो तर अहिलेभने एककरोड ३१ लाखमा ठेक्का दिइएको छ ।

आक्रोशित निर्माण व्यवसायी र दलका नेताहरुले स्थानीय विकास अधिकारी र राजश्व शाखाको कार्यालयमासमेत ताला लगाएर पुन ः ठेक्का लगाउन माग गरेका छन् ।  बुटवलबाट प्रकाशित एक दैनिक पत्रिकामा प्रकाशित गरेको सूचना कार्यालयले लुकाएर म्याद सकिएपछि मात्र सूचना पार्टीमा टाँस गरिएको निर्माण व्यवसायी र दलका नेताहरुले बताएका छन् ।
स्रोतका अनुसार प्रहरी प्रशासनदेखि राजश्व परामर्श समितिका सदस्यहरुलाई मिलाउन पर्छ भन्दै सूचना लुकाएर ठेक्का मिलाउनका लागी ६० लाखको चलखेल भएको बताइएको छ ।
सामान्यतया ठेक्का दिंदा गतवर्षभन्दा १० प्रतिशत बढाएर कबोल अंक राख्ने गरिन्छ तर यसमा भने तीन करोड घटाएर रकम राखिएको निर्माण व्यवसायी स्वरुप ज्ञवालीले बताए । ठेक्कामा न्यूनतम कोबल अंक एक करोड ३० लाख कायम गरिएको थियो ।
जिल्लाबाट बाहिर जाने ढुंगा, गिट्टी, बालुवा, ग्राभेल र रोडाआदीमा जिल्ला निकासी कर उठाउन भन्दै गोप्य रुपमा २०७३ जेठ २९ गते पत्रिकामा सूचना निकालिएको देखिएको छ ।। जुन सूचना साउन ३ गतेमात्र जानकारी पाएको निर्माण व्यवसायीसंघका अध्यक्ष नविन ज्ञवालीले बताए । गोप्य रुपमा निकालेको सूचनामा ३१ दिनभित्र टेण्डर बुझाउने अन्तिम मिति राखिएको थियो । आर्थिक प्रलोभनमा परी सूचना निकालेको बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्न पनि माग गरिएको छ ।  निर्माण व्यवसायीसँघका अध्यक्ष ज्ञवालीले भने, जिल्लामै नदीजन्य पदार्थ अपुग भएर विकास निर्माणमा समस्या भएका बेला जिविसले ठेक्का लगाएको बारे बुझ्न नसकिएको बताए ।संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादव र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला प्रवक्ता रमेश यादवले मिलमतोमा जिल्लाको राजश्व घाटा पु¥याउने कर्मचारीलाई तत्काल कारबाही गर्नुपर्ने बताए । उनीहरुले लाखौं रुपैयाँको चलखेल गरेर ठेक्का दिइएको उनीहरुको आरोप छ । टेण्डरको सूचना लुकाएको आरोप निराधार रहेको स्थानीय विकास अधिकारी लालकृष्ण पौडेलले दाबी गरेका छन् । असन्तुष्ट केही व्यक्तिहरुले कार्यालका कोठामा ताला लगाएको र शान्ति सुरक्षाका लागी जिल्ला प्रशासनमा पत्र पठाएको बताए । आक्रोशितले लगाएको ताला बुधवार प्रहरी पठाएर खोलिएको थियो ।   राजश्व शाखाका प्रमुख (नायब सुव्वा ) रिजवान अलि अन्सारीले राजश्व परामर्श समितिको सिफारीसमा कबोल अंक तोकेर ठेक्का लगाएको बताए । स्थानीय विकास अधिकारी अध्यक्ष रहेको राजश्व परामर्श समितिमा प्रमुख कोष नियन्त्रक, उद्योग वाणिज्य संघका अध्यक्ष र राजश्व शाखाका कर्मचारी सदस्य रहने प्रावधान छ । गोप्य रुपमा ठेक्का दिइको भनेर आफूलाई पनि जानकारी आएको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताए । आर्थिक मिलमतो हो वा प्रकृयाभन्दा बाहिर गएर काम गरेको हो त्यसबारे अनुसन्धान गर्ने निकाय छुट्टै भएकाले छानविन गर्नुपर्ने उनले बताए ।
ठेक्कामा प्रहरी प्रशासनको मिलमतोभन्दै बाहिर आलोचना आएकाले त्यसलाई गम्भिर रुपमा लिन आफुले प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए । ठेक्कामा तीन जनाको मात्र टेण्डर फारम परेको थियो । जसमा पाल्पास्थित अनुपम निर्माण सेवाले ठेक्का लिइएको राजश्व प्रमुख अन्सारीले बताए । कर उठाउनका लागी जिविसले हकुई, सुनवल र गैंडाकोटमा स्थान तोकेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्