27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 01:57

TRENDING .

नवलपरासीको परासीमा झराही खोला पस्यो , सयौ घर डुवानमा –भिडीयो रिर्पोट)

- Advertisement -

नवलपरासीमा बाढीको कारण कहां कहां के के भयो

नविन पौडेल, साउन ७ । परासी ।  लगातार चार दिन देखी परेको  बर्षाका कारण   नवलपरासीको सदरमुकाम परासी मा बाढी पसेको छ । झराही खोला   बढ्दा   खोलाको धार परिवर्तन भई परासीमा बाढी पसेको हो  ।  खोलाले धार परिवर्तन गरि पूर्वबाट पश्चिम बग्दा पुरै क्षेत्रमा जलमग्न भएको  प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो  ।

परासीका घर र पसलहरुमा पानी पसेको  छ सर्यौ घर डुवानमा परेको छ । राति ३ बजे देखि खोला गाउँमा पसेपछि स्थानीयहरु सास्ती भएको  छ ।   जिल्ला प्रशासान कार्यालय , जिविस तथा जिल्ला प्रहरी कार्यालय समेत जलमग्न भएको छ । बाढीको कारण सरकारी कागजात समेत भिजेको छ ।  वाढीको कारण मानविय क्षती नभएपनी कच्चिघरहरु ढलेको प्रहरीले वताएको छ । उद्धारका लागि अञ्चल प्रहरी , शसस्त्र प्रहरी तथा सेना तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ । त्यसैगरी नवलपरासीको बेनिमणिपुर ६ पनि डुबानमा परेको छ । बेनिमणिपुर ६ को कोल्टानी, बैरेनी, खयरघारी गाउँ पुरै डुबानमा परेको छ । यहाँ बाख्रा तथा कुखुराहरु बगाएको स्थानीयले बताएका छन् मानवीय क्षति भने भएको छैन ।  उता नवलपरासीको हरपुर क्षेत्र पनि डुबानमा परेको छ । त्यसैगरी विनयी खोला लगायतका अन्य खोलाहरुमा आएको बाढीका कारण दुम्किबासबाट सर्दी चल्ने भित्री सडक अवरुद्ध भएको छ । त्यसैगरी लगातारको बर्षा पछि झरेको ससाना पहिरोको कारण नवलपरासीको दलदलेबाट डेढगाउं बुलिङ्गटार चल्ने भित्री सडक अवरुद्ध भएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्