27 C
Kathmandu
Sunday, November 1, 2020
2020 Nov 01, Sunday 07:41

TRENDING .

कार्यसूची विवादले अड्कीने भोे संसद, नयाँ सरकार पर

- Advertisement -

काठमाडौं ६ साउन  : सरकारविरुद्ध संसद् सचिवालयमा अविश्वास प्रस्तावको सूचना दर्ता भएपछि बढेको राजनीतिक ध्रुवीकरण अन्त्य गर्न दलहरू असफल भएका छन् ।  संसद्को कार्यसूची कसरी अगाडि बढाउने भन्नेमा दलहरू पूर्ववत अडानमा छन् ।  दलहरुबीच संसदको कार्यसूचीका विषयमा सहमति नहुँदा आजको संसद बैठक अन्यौलमा परेको छ । सत्तारुढ एमालेले बजेटसँग आश्रित विधेयक अघि बढाउन माग गरेको छ भने कांग्रेस र माओवादीले अविश्वासको प्रस्ताव अघि बढाउन दवाव दिएका छन् । दुईथरी अडानका बिच आजको संसद बैठकको कार्यसूची अघि बढाउन सभामुख ओनसरी घर्तीलाई अप्ठ्यारो भएको छ । सहमतिका लागि बिहान शीर्ष नेताहरुको बैठक बोलाउनु भएको छ । संसद सचिवालय सिंहदरबारमा बिहान ९ बजे बोलाइएको बैठकमा सभामुखले आफुले तय गरेको कार्यसूची र सहमतिको विकल्पका विषयमा कुरा राख्नेछन् । बैठकमा सहमति भए त्यस अनुसार संसदको बैठक अघि बढ्नेछ नभए दुवैपक्षले अवरोध गर्ने तयारी गरेका छन् । सभामुखको सचिवालयका अनुसार सभामुख घर्तीले सहमति नभए यसअघिकै कार्यसूची अनुसार संसद बैठक चलाउने तयारी गरेकी छन् । एमालेले संसद् बैठकमा आर्थिक विधेयकसहित आश्रित विधेयक अगाडि नबढाए अवरोध गर्ने निर्णय गरेको हो । हिजो नै कांग्रेस र माओवादीले अविश्वासको प्रस्ताव अघि बढाउने निस्कर्ष निकालेका छन् । संसदको बैठक बिहान ११ बजे बोलाइएको छ । प्रमुख तीनै दलले आजको बैठकमा अनिवार्य उपस्थितिका लागि सांसदहरुलाई निर्देशन जारी गरिसकेका छन् ।

source (ओएनएस)

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्