27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 11:06

TRENDING .

नवलपरासीमा ३६ करोड, ९३ लाख बजेट फ्रिज, राजस्व मा भने ३८ प्रतिशतले बृद्धि

- Advertisement -

सरु शर्मा परासी ,साउन ०४  ।        आर्थिक बर्ष ०७२,०७३ मा नवलपरासीमा ३६ करोड, ९३ लाख २८ हजार ४ सय १९ रुपैया फ्रिज भएको छ । भने राजस्व सँकलन भने ३८ प्रतिशतले बृद्धि भएको छ ।गत आर्थिक बर्ष ०७२,०७३ मा जिल्लाका लागि बिनियोजित बजेट ४ अर्व ९२ करोड १२ लाख ५ हजार ७ सय ५ रुपैया  बजेट मध्य ४ अर्व ५५ करोड १८ लाख ७७ हजार २ सय ८६ रुपैया को कारोबार भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय नवलपरासीका प्रमुख महेन्द्र प्रसाद भण्डारीले जानकारी दिनुभयो । प्रारम्भिक तथ्याँक अनुसार कुल रकमबाट चालु तर्फका लागि ४ अर्व २० करोड २८ लाख ७३ हजार ६ सय ७३ रुपैया बिनियोजित भएकोमा जम्मा रु ३ अर्व ९७ करोड ५४ लाख ९१ हजार ९ सय ३० खर्च भएको उहाले बताउनुभयो । यस्तै पुजीँगत तर्फका लागि बिनियोजीत बजेटमा ७१ करोड ८३ लाख ३२हजार ३२ रुपैया मध्य जम्मा ५७ करोड ६३ लाख ८५ हजार ३ सय ५६रुपैया खर्च भएको प्रमुख भण्डारीले बताउनुभयो । उहाका अनुसार चालु तर्फ ५.४१ प्रतिशत बजेट फ्रिज भएको छ भने पुजीँगत तर्फ १९ .७६ प्रतिशत रकम फ्रिज भएको छ ।    पुजिँगत तर्फ ठुला ठुला आर्थिक कारोबार गर्ने कार्यालयहरुले बिनियोजन बजेट खर्च गर्न नसक्दा बढि रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय नवलपरासीका प्रमुख भण्डारीले बताउनुुभयो । तर केही रकमको चेक साट्न बाकिँ रहेकाले पनि त्यति बजेट फ्रिज भएको देखिएको उहाले बताउनुभयो ।     गत आर्थिक बर्ष ०७१,०७२ मा कुल बियोजन बजेट मध्य चालु तर्फ छुट्याईएको बजेट ९५ प्रतिशतले खर्चभएको थियो भने यस आ व मा पनि करिव ९५ प्रतिशत नै खर्च भएको कोष तथा लखा नियन्त्रक कार्यालय नवलपरासीले जनाएको छ । भने गत आ.व. मा पुजिँगत तर्फ ८२ प्रतिशत खर्च भएकोमा यस आ. व. मा ८०.२४ प्रतिशत खर्च भएको छ ।

 राजस्व सँकलनमा बृद्धि

यस बर्ष नवलपरासी जिल्लामा ८३ करोड ४३ लाख २८हजार ४४ रुपैया राजस्व सँकलन भएको छ । गत बर्ष ६० करोड १२ लाख ७३ हजार ३ सय ३८ रुपैया राजस्व सँकलन भएको थियो । हाल बिगतको तुलनामा ३८ प्रतिशतले राजस्व सँकलनमा बृद्धि भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय नवपलरासीका कोष नियन्त्रक दिपक पौडेलले जानकारीदिनुभयो । सरकारी कार्यालयको राजस्व सँकलन  हुने राष्टिृय बाणिज्य बैक परासी शाखामा ५० करोड ७० लाख ४ हजार ६ सय ५३ रुपैया राजस्व सँकलन भएको छ भेन राष्टिृय बाण्ज्यि बैक कावासोति शाखामा ३२ करोड ७३ लाख २३ हजार ३ सय ९० रुपैयाँ सँकलन भएको कोष नियन्त्रक पौडेलले बताउनुभयो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्