27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 01:26

TRENDING .

विवाद अन्त्य गरेर मात्र महाधिवेशन गर्न नेविसंघ विद्यार्थी नेताहरुको सुझाव

- Advertisement -

हरि शर्मा
परासी, १ साउन ः संगठन भित्रको विवादलाई अन्त्य गरेर मात्र महाधिवेशन गर्न नेविसंघका विद्यार्थी नेताहरुले नेतृत्वलाई सुझाव दिएका छन् । विवादकै कारण दस वर्षदेखि महाधिवेशन हुन नसकेको भन्दै उनीहरुले अहिलेपनि हुन नसके नेविसंघको साख नै हराएर जाने चिन्ता व्यक्त गरे ।
नेविसंघ प्रदेश नं. ५ को आज शनिवारदेखि नवलपरासीको सदरमुकाम परासीमा सुरु भएको प्रशिक्षण कार्यक्रममा सहभागी विद्यार्थी नेताहरुले सामान्य विवादमा अल्झिन नहुने भन्दै संगठनभित्र गुट उपगुटको राजनीतिक त्याग्न पनि नेतृत्वलाई सुझाव दिए ।
प्रशिक्षण कार्यक्रममा नेविसंघका पूर्वमहामन्त्री प्रचण्डविक्रम न्यौपानेले अहिले पनि महाधिवेशन हुन नसके संगठनको साख नै हराएर जानेहुँदा कुनै नेताको राजनीति संरक्षणका लागी संगठनभित्र गुटउपगुटको खेल खेल्न नहुने बताउनुभयो ।
पूर्व केन्द्रीय कोषाध्यक्ष कुन्दन काफ्लेले नेविसंघले अहिलेसम्म चलाएका प्रशिक्षण कार्यक्रममा एक थरी साथीहरुकोे सहभागिता नदेखिएको भन्दै यसले महाधिवेशनलाई प्रभाव पार्ने बताउनुभयो ।
केन्द्रीय सदस्य लेखनाल पोखरेललगायतका विद्यार्थी नेताहरुले सामान्य विवादमा अल्झिन नहुँने भन्दै चित्त नबुझेका कुरा संगठन भित्र आएर राख्नु पर्ने बताउनुभयो ।
नेविसंघ केन्द्रीय समितिको आयोजना र नवलपरासी जिल्ला समितिको व्यवस्थापनमा आईतवारसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा नेविसंघको एक समूहको भने सहभागिता रहेको छैन् । नेविसंघका केन्द्रीय सदस्य अशोक बस्ताकोटीले प्रदेश नंं. ५ मा भएको प्रशिक्षण कार्यक्रममा प्रदेशकै केन्द्रीय सदस्यहरु र व्यवस्थापन गरेको जिल्ला समितिकै बहुमत जिल्ला सदस्यहरुको सहभागिता नरहेको टेलिफोनमा बताउनुभयो । ‘ केन्द्रीय समितिको निर्णय र अनुमोदन विना नै विभिन्न प्रदेशमा एउटा समूहले प्रशिक्षणका नाउँमा भेला गर्दै हिडेको वस्ताकोटीको आरोप छ ।
नेविसंघका अध्यक्ष रञ्जित कर्णले चित्त नबुझेका विषयलाई छलफलबाट टुङ्गो लगाउने भन्दै त्यसका लागी असन्तुष्ट साथीहरुलाई आउन आग्रह गनुभयो ।  उहाँले चित्त नबुझेका कुरा संगठन भित्र राखेर समाधानका उपाय खोज्नु पर्ने भन्दै प्रतिष्ठासँग गाँसिएको महाधिवेशन तोकिएकै समयमा गर्न सबै विद्यार्थीहरु लाग्नु पर्नेमा जोड दिनुभयो ।
नेविसंघको आगामी ११ औं महाधिवेशन साउन २३ देखि २५ सम्म काठमाण्डौंमा हुँदै छ । महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रमका एजेण्डामा छलफल गर्न नेविसंघले सबै प्रदेशहरुमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको प्रशिक्षण कार्यक्रम संयोजक मोतिलाल भण्डारीले बताउनुभयो ।
प्रशिक्षण कार्यक्रममा प्रदेश नं. ५ का १२ जिल्लाका नेविसंघ इकाई, क्षेत्रीय र जिल्ला सभापति गरि दुई सय ५० विद्यार्थी प्रतिनिधिहरुको सहभागिता रहेको नेविसंघ नवलपरासी जिल्ला अध्यक्ष राजनेश पौडेलले बताउनुभयो ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलको आतिथ्यतामा सुरु भएको कार्यक्रममा शिक्षक संघका पूर्वअध्यक्ष मोहन ज्ञवालीले नेविसंघको लक्ष्य र वर्तमान राजनीति अवस्था, कानुनविद्ध दिनेश त्रिपाठीले द्धन्द्ध व्यवस्थापन, नवलपरासी कांग्रेस जिल्ला सभापति विष्णु लामिछानेले संगठनको अवस्था र नविसंघ पूर्वकेन्द्रीय सदस्य युवराज पाण्डेले शिक्षा नीतिका बारेमा प्रशिक्षण दिनुभएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्