24.1 C
Kathmandu
Wednesday, April 17, 2024
Flowers in Chania

सहमति नभएमा बहुमतीय प्रणालीबाट सरकार बन्ने, नयाँ सरकार आउन अझै १ महिना लाग्न सक्छ

- Advertisement -Flowers in Chania

काठमाडौं १ साउन, सरकार गठन गर्न अझै केही हप्ता लाग्ने भएको छ । सजिलो रुपमा गए साउनको अन्तिम सम्ममा नयाँ सरकार गठन हुनेछ । Logo Hulakiसरकार कसरी गठन गर्ने भन्ने संवैधानिक जटिलता उत्पन्नभएकोले अझै धेरै समयपनि लाग्न् सक्ने आकलन गरिएको छ ।

संविधानको संक्रमणकालीन व्यवस्थाले संक्रमणकालीन सरकार व्यवस्थापिका संसद् बैठक बसेको सात दिन भित्र सहमतिमा बन्ने व्यवस्था गरेको छ । सहमति नभएमा बहुमतीय प्रणालीबाट सरकार बन्ने उल्लेख छ । तर, सो धाराले त्यसरी बनेको सरकार कायम रहन नसकेमा नयाँ सरकार गठनको कुनै कल्पना गरेको छैन । नयाँ सरकार बनाउनका लागि संक्रमणकालिन व्यवस्थामा रहेको संविधानको धारा प्रयोग गर्न नमिल्ने विज्ञहरुको धनाई छ । ६ गते अविश्वासको प्रस्ताव माथि छलफल हुनेछ । त्यो पारित भएमात्रै नयाँ सरकार गठनको बाटो खुल्नेछ । ओएनएस बाट

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्