27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 12:03

TRENDING .

बालक अपहरणको प्रयास गर्ने ४ जना पक्राउ

- Advertisement -

खगराज सापकोटा, आसर-२९,कावासोती । नवलपरासीको प्रगतिनगरमा रहेको विश्वज्योति बोडि· स्कूलबाट बालक अपहरणको असफल प्रयास गर्ने मध्येका मुख्य योजनाका खड्कबहादुर सुनार सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
apaharanइलाका प्रहरी कार्यालय नवलपुरको टोलीले नवलपरासीको देवचुली नगरपालिका र रुपन्देहीको तिलोत्तमा नगरपालिका गरी दुई स्थानबाट चार जनालाई मंगलबार सांझ र बुधबार विहान गरी नियन्त्रणमा लिएको हो।
गत चैत्र २७ गते घरबाट विद्यालय हिडेका ७ बर्षीय बालकलाई विहान १० बजेर २५ मिनेट जाँदा विद्यालय हाताभित्रैबाट अपहरण गरिएको थियो। नवलपरासीको गैडाकोट नगरपालिका १५, सोह्र नम्बर चोक निवासी विष्णु सापकोटाका ७ बर्षीय छोरा प्रसिद्ध सापकोटा जनज्योति उच्च माविको कक्षा १ मा अध्ययन गर्दछन् ।
बालक अपहरण गरेर ना ३७ प ५४८० नम्बरको मोटरसाइकलमा लिएर भाग्न खोज्दा मोटरसाइकल विग्रिए पछि विद्यालयका कर्मचारी, विद्यार्थी र स्थानीय अभिभावकले बालकलाई अपहरण मुक्त गराएका थिए। बालक अपहरण मुक्त भएपनि अपहरणकारी भने भाग्न सफल भएका थिए।
अपहरणको योजनामा कम्तिमा ६ जना संलग्न रहेको पाइए पनि दुई जना अझै फरार छन् । प्रहरीले चार जनालाई मात्र नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक राजेश थापाले बताए।
बुधबार सांझ प्रहरीले पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको देवचुली नगरपालिका निवासी २० बर्षीय कक्षा १२ मा अध्ययनरत विद्यार्थी समुयल बरायली, देवचुली नगरपालिका १ निवासी २७ बर्षीय सदीप वि.क., रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ निवासी २८ बर्षीय खड्गबहादुर सुनार र तिलोत्तमा नगरपालिका ३ निवासी कक्षा १२ मा अध्ययनरत २२ बर्षीय हेमबहादुर सुनार रहेका छन् ।
उनीहरु सबैलाई उनीहरुकै घरबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए। उनीहरुले खड्गबहादुर सुनारको मुख्य योजनामा बालक अपहरण गर्नु भन्दा सात दिन अघि योजना बनाएको समेत बताए ।
पक्राउ परेको चारै जनालाई अपहरण उद्योग अन्तरगत मुद्दा चलाइने प्रहरीले तयारी गरेको छ। फरार दुई जनालाई पनि तत्काल पक्राउ गरिने प्रहरीले जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्