27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 01:22

TRENDING .

गैडाकोट नगरबासीका गुनासै गुनासा, नगरपालिका प्रति आक्रोसित भए नगरबासी

- Advertisement -

गैँडाकोट २९ असार ।

गैडाकोट नगरबासीले नगरपालीकाबाट भए गरेका कामहरुमा असन्तुष्टी जनाएका छन् । बर्षभरीका योजना तथा कामको प्रभावकारीताका बारेमा गैँडाकोट नगरपालीकाले बागेश्वरी असल शासन क्लवको सहजीकरणमा गरेको अन्तीम चौमासीक सार्वजनीक सुनुवाई कार्यक्रममा गुनासा राख्दै सर्वसाधारणहरुले नगरपालीकाले सुरु गरेका काम प्रभावकारी नभएको बताए । स्थानीय पार्वती आचार्यले आफ्नो गाउँठाउँ gaidakot napaaलक्षीत बर्गका लागी आउने बजेट तथा नगरपालीकाले तर्जुमा गर्ने योजनाबारे आफुहरुलाई थाहा नै नपाउने गरेको बताईन । गैँडाकोट पम्पीङ स्कीम खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष राम बहादुर खड्काले नगरपालीकामा मापदण्डविपरीत हुने गरेको काममा नगरपालीकाले अनुगमन तथा नियन्त्रण गर्नुपर्ने बताईन । उहाँले नगरपालिकाले पानीको बिषय महत्वको बिषय भएकाले उचित ब्यबस्थापन गर्ने सुझाब दिईन् ।

नगरपालीकाले विनियोजन गर्ने बजेटमा कहाँ कती र कसरी विनियोजन हुन्छ सर्वसाधारण नगरपालीका संग जानकारी मागेका थिए । सर्वसाधारणका गुनासा सुन्न र जवाफ दिन बसेका नगरपालीकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले हरेक गुनासा र समस्याको समाधान गर्ने प्रतीबद्धता जाहेर गरे । उहाँले नगरस्तरीय राजनैतीक संयन्त्र र बिषयगत समितीमा छलफल गरेर निर्णय लिईने गरेको बताउनुभयो । विकासका काममा राजनैतीक दलको पहुँचका आधारमा बजेट विनियोजन गर्ने गरीएको भन्दै स्थानीयले आक्रोस व्यक्त गरेपछी नेपाली कांग्रेश गैडाकोटका नगर सभापति तारापति खरेलले  कुनैपनि विकासका काममा आफुहरुले हस्तक्षेप गर्ने नगरेको दावि गरे । डेढ बर्ष अघि गाविसबाट नगरपालीका बनेको गैँडाकोट नगरपालीकाले आर्थीक बर्ष २०७२/७३ को कार्यप्रगती र बजेटबारे जानकारी दिन आयोजना गरेको सार्वजनीक सुनुवाईमा सर्वसाधारणले सार्वजनीक सौचालय व्यवस्थीत हुन नसकेको, फोहोर व्यवस्थीत हुन नसकेको बजेटबारे प्रष्ट हुन नसकेको जस्ता गुनासाहरु गरे ।

कार्यक्रममा नगरपालीकाका प्रमुख तथा कार्यकारी अधिकृत श्रीकृष्ण नेपाल, ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक सुवास हमाल, नेपाली काँग्रेस नगर सभापती तारापती खरेल, नेकपा एमाले नगर अध्यक्ष षडानन्द लामीछाने, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष दुर्गादत्त ढुंगाना, राप्रपा अध्यक्ष बुद्धीप्रसाद सापकोटा लगायत सम्पुर्ण राजनैतीक दलका अध्यक्ष एवं प्रतीनिधी, नगरपालीकाका लेखा अधिकृत, श्रीभद्र पौडेल, उद्योग वाणीज्य संघ गैँडाकोटका महासचिव छविलाल कण्डेल, विजय विकास श्रोत केन्द्रका अध्यक्ष खेमराज सापकोटा,  सामुदायीक सेवा केन्द्रका अध्यक्ष दाताराम घिमिरे, विभिन्न स्वाथ्य चौकी प्रमुख लगायतको उपस्थिती रहेको थियो । बास नवलपरासीका सचिव बेदप्रसाख काफ्लेको स्वागत मन्तव्य रहेको कार्यक्रममा काफ्ले अघिल्लो सार्वजनीक सुनुवाईमा भएको प्रतीबद्धताबारे जानकारी दिएका थिए ।

बास नवलपरासीका अध्यक्ष यदुनाथ सिग्देलको धन्यबाद मन्तव्य रहेको कार्यक्रमको सहजीकरण विजय एफएमकी पत्रकार एवं बास नवलपरासीकी उपाध्यक्ष लक्ष्मी पौडेलले गरेकी थिईन् । सार्वजनीक सुनुवाईको अन्त्यमा नगरवासीको गुनासोका आधारमा नगरपालीका र सर्वदलीय संयन्त्रले समाधान गर्ने गरी ६ बुँदे प्रतीबद्धता घोषणा गरीएको थियो ।

– See more at: http://vijayafm.org.np/news/11149#sthash.l8EjimzR.dpuf

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्