27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 07:35

TRENDING .

७२ वर्षीय आमालाई जंगलमा छाड्ने छोराबुहारीलाई गाउलेले दिए यस्तो सजाय

- Advertisement -

सुर्खेत, २९ असार ।
छोराबुहारीले घरबाट जंगलमा लगेर छाडिदिएपछि दुई महिनादेखि ओडारमा बस्दै आएकी सुर्खेत, सालकोट–४ की ७२ वर्षीय बाटु अधिकारीको उद्धार गरिएको छ ।

uthbas‘आमाले फोहोर गरेको भन्दै पत्नीले दिनहुँ किचकिच गर्न थालेपछि ओडारमा लगेर छाडेको थिएँ,’ कान्छा छोरा चन्द्रबहादुरले भने । वैशाखको अन्तिम सातातिर बृद्धा बाटुलाई छोराबुहारीले जंगलमा छाडेका थिए ।

सालकोट गाविसका सचिव तिलक अधिकारीका अनुसार केही अघिसम्म बाटु थलिएर हिँडडुल गर्न सक्थिनन् । दिसाविसाव आङ मै गर्थिन् । पोखरीकाँडा–३ रतुराय जंगलमा अवस्थित ओडारमा उनी अधिकांश दिन भोकभोकै बसेकी थिइन् । कान्छी बुहारीले ‘पापी बुढी’ लाई घरमा राख्ने भए आफू नबस्ने भन्दै पति चन्द्रबहादुरलाई थर्काउँदै आएको गाउँलेले बताए । उनीहरुको घरदेखि ओडार करिब आधा घण्टाको दुरीमा पर्छ ।

उद्धारपछि बृद्धालाई उनकै जेठो छोरा कुलबहादुरसँग राखिएको छ । भाइबुहारीले हेलाँ गरे पनि आफूबाट त्यस्तो नहुने कुलबहादुरले प्रतिबद्धता जनाए ।

उद्धार गरेर ल्याएपछि उनलाई हेर्न गाउँलेको भीड लागेको थियो । आँसु झार्दै बाटुले ओडारमा पाएको कष्ट र छोराबुहारीले गरेको दुर्व्यवहारको फेहरिस्त सुनाइन् । उनको कष्ट सुनेपछि गाउँलेले चन्द्रबहादुरका दम्पतीलाई १५ मिनेट सार्वजनिक रुपमा कान समाएर उठबस गराए । कान्तिपुरबाट

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्