27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 11:09

TRENDING .

बिशेषज्ञ हुदाहुदै किन मर्छन नवलपरासीमा सर्पदंसबाट ?.भिडीयो सहितं

- Advertisement -

खगराज सापकोटा, कावासोती । कावासोतीको काली गण्डकी अस्पतालमा यस बर्ष मात्रै १८० जना सर्पले टोकेको आशंकामा विरामी आए ति मध्ये ७० जना त सर्पले नै टोकेका भेटीए । गत बैशाख देखी मात्रै पनि २५ जना विषालु सर्पदंसका विरामी कालीगण्डकी अस्पताल आएका छन् । पछिल्लो समय कावासोती २ का ७ बर्षिय रिसिद भण्डारी, कोल्हुवा कि सुभद्रा घर्ती, गोछडाकी दिल कुमारी लामीछानेले सर्प दंसकै कारण ज्यान गुमाए ।

उनिहरु भरतपुर सम्म  त पुर्याईए तर ढिला भएका कारण समयमा थप उपचार हुन नसकेर ज्यान गुमाउनु परेको हो । दक्ष जनशक्ति भए पनि कावासोतीमा आईसियु र भेन्टिलेटर नहुदा सर्पदँसका विरामीलाई भरतपुर रेफर गर्नुको विकल्प छैन । यस बर्ष मात्रै कालि गण्डकी अस्पतालमा उपचार हुन नसकेर थप उपचारका लागी २८ जना भरतपुरका लागी रेफर गरिएको थियो । केहि अझै उपचाररत छन् ।snake नवलपरासीबाट लगभग ६५ प्रतिशत सर्पदंसका विरामी चितवनको भरतपुर जाने गरेका छन । कावासोतीबाट भरतपुर ३२ कि.मी. टाढा पर्दछ । कतिपय विरामी भरतपुर सम्म पुर्याउन नपाउदै बाटोमै मर्ने गरेका छन् ।
“सर्पदँसको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम विरामीमा देखीएको विषको लक्षणका आधारमा विरामीलाई दिईन्छ । त्यस्तो लक्षण सर्पले टोकेको १८ घण्टा पछि मात्र पनि देखीन सक्छ । कत्तिको विषालु सर्पले टोकेको हो त्यो थाहा पाइसकेपछि मात्र औषधि चलाउनुपर्ने भएकोले विरामीलाई २४ घण्टाको निगरानीमा राख्नु पर्ने हुन्छ, त्यसरी राख्दा विरामीको अबस्था जटिल हुन सक्छ, त्यसका लागी आईसियु र भेन्टीलेटर आवश्यक पर्छ जुन हामीकहाँ उपलब्ध छैन । आफु संग सर्पदंशको विशेषज्ञ चिकित्सक भएर पनि आईसियु र भेन्टीलेटर नभएकाले विरामीको अवस्था हेरी भरतपुर रेफर गर्ने गर्ने गरेको काली गण्डकी अस्पतालका ब्यावस्थापक आनन्द गुरुङ्गले बताए ।
गर्मी र वर्षायाम सँगै तराई र भित्री मधेसका भागहरुमा सर्पहरु देखिन थाल्छन् र त्यस सँगै सर्पको टोकाइबाट पिडित विरामीहरुको पनि विभिन्न अस्पतालमा भिड लाग्ने गर्छ । गर्मीका बेला बढी मात्रामा हरेक दिन सर्प (विषालु र अविषालु दुवै) ले टोकेका विरामीहरुको अस्पतालमा आउने गर्छन ।
बेनिमणिपुर सर्दि, दुम्किवास, अरुणखोला, मैनाघाट, लगाएतका ग्रामिण क्षेत्रबाट बढि विरामी कावासोतीको कालिगण्डकी अस्पतालमा आउने गरेका छन् । सर्पदंसका विरामी अस्पताल ढिलो गरेर आउने, सर्पको पहिचान नगरि आउने, सर्पले टोकेको ठाउलाई काटेर आउने, आवश्यकता भन्दा बढि कसेर बाध्ने,  गरेका कारण उपचारमा निकै कठिनाई हुने गरेको कालिगण्डकी अस्पतालका डा. छविलाल थापाले बताए ।
नेपालको तराईका भेगहरुबाट पहाडको ४८०० मीटरको उचाईसम्ममा करिब ७७ प्रजातिका सर्पहरु पाइन्छन, जसमध्ये २१ थरिका विषालु सर्पहरु छन । नवपरासीमा बढी मात्रामा गोमन, करेत, धमिला, पानी सर्प लगाएतका जातीका सर्प देखिन्छन । ति मध्ये गोमन र करेत बढि बिषालु हुन्छन् ।
नवलपरासीको नवलपुर क्षेत्र बिषालु सर्प प्रभावित क्षेत्रमा पर्दछ । यहाँ बर्षेनी १० देखी १५ जना सम्म सर्पको टोकाईबाट मर्ने गरेका छन् । नवलपरासी का कतिपय ग्रामिण भेगबाट कावासोती सम्म आईपुग्न घण्टौ लाग्छ । आइसियु कक्षमै राखेर उपचार गर्ने अस्पताल यस क्षेत्रमा नहुदा सर्पदंशका विरामीहरुको समयमा उपचार हुन नसकी ज्यान जाने गरेको छ । सर्पदंसको सफल उपचार गरेर विरामीलाई बचाउन कावासोतीमा आइसियुको नितान्त आवश्यक छ र यो नेपाल सरकारले ब्यावस्था गर्नुपर्ने बताउनुहुन्छ नेपाल रेडक्रस उपशाखा कावासोतीका सभापति योग प्रसाद शर्मा । सर्पले टोकेका विरामीहरुलार्ई ढिलो गरी उपचारको लागि अस्पताल पुर्याउदा धेरैले ज्यान गुमाउने गरेका छन् । कालिगण्डकी अस्पतालमा बिगत २०५१ साल देखी सर्पदँसको उपचार हुदै आएको छ । सर्पदँसको उपचारमा लामो अनुभव बटुलेका डा. छविलाल थापा सोहि हस्पिटलमा कार्यरत छन । उनी सर्पदंस उपचार बिशेषज्ञ मानिन्छन । नवलपुर क्षेत्रमा सरकारबाट मान्यता प्राप्त सर्पदर्शको उपचार हुने अस्पतालको रुपमा मानिएको कालिगण्डकी अस्पतालमा सर्पदंसको उपचारमा प्रयोग हुने ‘प्रतिविष’ (एन्टिस्नेक भेनम) को अभाव नभएको तर आईसियू र भेन्टिलेटरको अभावमा विरामीको चाहेजस्तो उपचार गर्न नसकिएको डा. छविलाल थापाले बताए । सर्पदंसका विरामीलाई सर्पको जात र विषालु का आधारमा एक जना विरामीलाई १० देखी २० भाईल प्रतिविषको आवश्यकता पर्ने र त्यो नेपाल सरकारबाट निशुल्क उपलब्ध हुदै आएको कालीगण्डकी अस्पतालले जनाएको छ ।
नवलपरासीका कावासोतीको कालीगण्डकी अस्पताल, जिल्ला अस्पताल परासी र बज्रदल गण त्रिवेणी ब्यारेकमा सर्पदंसको उपचार हुने गरेको छ । तर पनि जिल्लामै आईसियु र भेन्टिलेटर नहुदा सर्पदंस मात्र होईन अन्य आकस्मीक र सघन रोगका विरामीको उपचारका लागी नवलपरासीका जनताले छिमेकी जिल्लाहरुको भर पर्नुपरेको छ ।
नेपालमा हरेक वर्ष करिब २०,००० सर्पदंशका घटना हुने र त्यसमा करिब २०० जनाले ज्यान गुमाउने अनुमान गरिएको छ । त्यस्तै विषालु सर्पको टोकाइपछिको मृत्युदर करिब २१.३५प्रतिशत देखिएको थियो । मृत्युको प्रमुख कारण अस्पताल ल्याउनमा ढिलाइ देखिएको थियो ।
त्यस्तै  नवलपरासीलाई हेर्नेहो भने अस्पताल आईपुगेका मध्ये अघिल्ला बर्षहरुमा हुने गरेको २५ प्रतिशतको मृत्युदर घटेर ९ देखी १३ प्रतिशत रहेको काली गण्डकी अस्पतालका डाक्टर एवं सर्प दँस बिषेशज्ञ छविलाल थापाको बताए।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्