8.1 C
Kathmandu
Flowers in Chania

भौतिक निमार्णको अभावमा विद्यार्थिलाई पठनपाठनमा समस्या

- Advertisement -

सावित्री रेग्मी,जमुना पराजुलि ।
नवलपरासीको गैँडाकोट नगरपालिका १५ झहरे खोलामा रहेको बाल उदय प्राथमिक विद्यालयमा आवश्यक भौतिक निमार्णको अभावमा त्यहां अध्यनरत विद्यार्थिहरुलाई अध्यन गर्न निकै समस्या हुने गरेको छ । पुर्व पश्चिम महेन्द्र राजमार्गवाट करिव २ सय मिटर उत्तरतर्फको दुरीमा रहेको विद्यालयमा आवश्यक कक्षा कोठा,विद्यालय वरपर तारवारको ब्यवस्था नहुदां सामान्य हावा हुरी र पानी पर्दा समेत विद्याार्थहरुलाई पठन पाठन गर्न गराउन निकै समस्या हुने गरेको शिक्षकहरु वताउंछन ।उक्त विद्यालयमा अध्यन गर्ने अधिकांस आर्थिक अवस्था कमजोर भएका विद्यार्थिहरु भउको हुदां अविभावकहरुले धेरै खर्च गरेर अन्य विद्यालयमा भर्ना गर्ने अवस्था भने छैन । अर्को तर्फ स साना वालवालिका अन्य टाढाको विद्यालय पठाउन समस्या भएपनि नजिककै विद्यालयमा पठाउने गरेका छन ।अहिले सो विद्यालयमा सय भन्दा बढी  विद्यार्थी अध्यनरत छन । वि सं २०६६ सालमा स्थानिहरु साथै विभिन्न संघ संस्थाको सहयोगमा विद्यालयको स्थापना भएको हो । गाउंमा नै विद्यालय खोलेर त्यहांका विद्यार्थिलाई टाढा पठाउन नपरोस भन्ने उद्देश्यले त्यहांका स्थानियको पहलमा विद्यालय सुरु गरिएको थियो । विद्यालय नजिकै झहरे खोला भएकाले स साना विद्यार्थिहरुलाई निकै समस्या हुने गरेको विधालय व्यवस्थापनका अध्यक्ष केशव राज वास्ताकोटीले बताउनुहुन्छ । आर्थिक अभावका कारणले विद्यालयमा खाने पानी , खेल्ने मैदान,वरपरको तारवार,आवश्यक कक्षा कोठाको अभाव लगाएतका समस्याहरु रहेको वास्ताकोटि वताउंनुहुन्छ ।
विद्यालयमा झ्यालको पल्ला नहुदां पानी परेपछि विद्यार्थिलाई आफ्नो किताव जोगाउन मुस्किल हुने गरेको छ । पानी परेपछि पल्ला नभएको कारण सवै पानी भित्र छिर्ने भएकाले किताव रुजाउने समस्या भएको विद्यार्थिहरु वताउंछन । यसको साथै स साना भाई वैनिहरु वहिर निस्केर खोला तिर जान्छन कि भन्ने किसीमको डर लाग्ने गरेको समेत उनिहरु बताउंछन ।
विद्यालय भवन बाहिरवाट हेर्दा राम्रो भएपनि प्रर्याप्त मात्रमा कक्षा कोठाहरु छैनन् ।जसले गर्दा विधार्थीहरुलाई बहुकक्षा तथा अफिस कोठामा नै राखेर अध्यापन गराउनु परिरहेको विद्यालयकी प्रध्यानध्यापक लक्ष्मी कुमारी शर्मा वताउंनुहुन्छ । यसको साथै विद्यार्थिहरुलाई खाजा खाने समय ९टिफिन टाईम०मा पनि शिक्षक शिक्षिकाहरुले आफ्नो निगरानिमा राख्नुपर्ने अवस्था छ । उनिहरुलाई खुल्ला रुपमा खेल्नका लागी पर्खाल अथावा आवश्यक तारवार नहुदां छाड्न नसकिने अवस्था रहेको प्रध्यानध्यापक शर्मा वताउंनुहुन्छ । विद्यालयका लागी सहयोगका हातहरु पनि वढ्दै गएको छ । यसवाट विद्यालयको समस्यामा केहि राहत हुने शिक्षकहरु वताउंछन । विद्यालयका यस्ता समस्याहरु न्युनिकरण गर्नका लागी नगरपालीका,जिल्ला शिक्षा कार्यलय,जिल्ला वन कार्यलय ,सामुदायिक वन कार्यलय लगाएतका विभिन्न संघ संस्थाहरु संग सहयोग का लागी अपिल गरिरहेको प्रध्यानध्यापक शर्मा वताउनुहुन्छ । उक्त विद्यालयमा अंग्रेजि माध्यमवाट पढाई हुंदै आएको छ । तर आर्थिक अभावका कारण विद्यालयको भौतिक संरचनाहरु निमार्ण हुन नसक्दा यसले विद्यार्थिहरुको पठनपाठनमा नराम्रो असर पारेकोे छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्