ज्ञनु पंगेनी, नवलपरासी, २८ असार ।
नवलपरासीको बर्दघाट ४ बासखोलामा सोमवारराति मोटरसाईकल दुर्घटना हुदा प्रहरी हवल्दारको ज्यान गएको छ ।
जिल्ला प्रंहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा ७५ प ७९०६ नम्बरको मोटरसाईकल बर्दघाट ४ बासखोलामा आफै अनियन्त्रीत भई पल्टदा रुपन्देही रायपुर गाविस घर भई अञ्ंचल प्रहरी कार्यालय लुम्बिनीको लागु औषध ब्युरोमा काम गर्ने प्रभु कोहारको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाईते भएका कोहारको उपचारको क्रममा भरतपुर मंगलवार विहान मृत्यु भएको हो ।