8.1 C
Kathmandu
Flowers in Chania

दैनिक लाखौ रकम संकलन गर्ने नवलपरासीका भन्सार कार्यालय नै जिर्ण

- Advertisement -

नविन पौडेल । असार २६ । नवलपरासीमा रहेका छोटी भन्सार कार्यालय जिर्ण हुदा समेत पुर्ननिमार्ण नगरीदा दैनिक कामकाज नै प्रभावित वनेको छ । अहिले  नवलपरासीको बिष्णुपुरा, त्रिबेणी भुजहवा,र प्रसौनी गरी चार वटा छोटी भन्सार जिर्ण भएकै कारण उपल्लो कर्मचारी वस्न नमान्दा  कार्यालय सहयोगी नै छोटी भन्सार कार्यालयमा  प्रमुखको रुपमा  काम गरीरहेका छन् । ठुला कर्मचारी नवस्दा स्थानीय व्यवसायी लाई महेशपुर वा सुनौली नाका पुग्नुपर्ने वाध्यता रहेको स्थानिय  कनैया यादवले वताए ।  कार्यालय भित्र वस्न नमीलेको कारण वाहीरै वसेर काम गर्नुपर्ने वाध्यता रहेको छ । अझ मर्मत सम्भार नहुदा कतिपय भन्सार कार्यालय भित्र फोहोर फाल्ने ठाउं समेत वनेको छ । ठुला कर्मचारी नवस्ने हुदा पुर्ननिमार्णका लागि समेत कसैले चासो नदिएको कर्मचारी वताउछन् । नवलपरासीमा हाल ५ वटा छोटी भन्सार कार्यालयहरु स्थापीत छन् । जसमध्ये महेशपुर छोटी भन्सार कार्यालय बाहेक सबै छोटी भन्सार कार्यालय कार्यालय सहयोगीको भरमा चल्दै आएका छन् । भन्सार कार्यालय जिर्ण हुदा सुरक्षाको कारण भन्सार छलीका सामान राख्न र भनसार गर्न समेत कठीनाई हुदा दिनहु लाखौ रुपैया राजस्व घाटाभईरहेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्