8.1 C
Kathmandu
Flowers in Chania

नर्सरीकी तर्सरीलाई अनुरोध

- Advertisement -

कसैलाई काम नपाइएला भन्ने पीर ,
कसैलाई व्यापार नहोला भन्ने पीर ,
कसैलाइ विज्ञापन नपाइने हो कि भन्ने पिर,
कसैलाई रौसी मासु खान नपाइएला कि भन्ने पिर,
कसैलाई योजना नपर्ला कि भन्ने पिर ,
सबैलाई चित्त बुझाउन सक्नेले उस्को पनि
चित्त बुझाइदिये हुन्थो,उ पनि तिम्रै पाउ मोल्थ्यो,
गुलामी गर्थ्यो,मोफसलको पिलनधरे सम्झेउ उसलाई
उस्ले ठुला ठुला अक्षरमा के लेखेको थियो
तिमी ती अक्षरसित तर्सियौ,डरायौ
अहिले तिमी बरबराउदै हिड्दै छौ रे
आज पनि मौसमी कार्यक्रममा बेमौसमी बाजा बजायौ रे
पैसा र खान पाएपछी तिमिले जस्लाइ लाक्षित गरेको हो
उसैले कुरा बुझेनन रे ,बिचराहरुले ताली बजाए रे
आज तिमिलाई मजाले निद्रा लाग्न सक्छ
किन कि एक हिस्साले तिम्रो कर्तुत फर्दाफास
गर्ने प्रयास गरेपनी अर्को ठूलो हिस्सा तिम्रैपछी रहेछ्न
आज तिमीलाई जितेको आभास मिलेको छ
होस गर दुई चारवटा कुकुरले पहरा दिदैमा
तिमी सुरक्षित महसुस नगर
आज तिमी अक्षरले तर्सियौ,बर्बरायौ
भोलि तिम्रो हातमा हत्कडी झुन्डिए
तिमी के गर्छौ होला ,तिमी अचेत हुन्छौ होला
उ हेर त धुरीबाट लोकमानको मान्छेले तिम्रो सबै क्रियाकलाप
भिडियो र क्यामरामा कैद गरिरहेको छ
भाग भाग , जंगलमा लुक,झाडीमा लुक ,नर्सरीमा लुक

तर कहाँ भाग्छौ,कहाँ लुक्छौ ,तर्सरी?  तिमीलाई देखेर दया लागेर आयो
अब धेरै नाबर्बराउ ,तिम्रो कागजले बोलिसक्यो
तिमि जालमा  परिसक्यौ,कृपया
हत्केलाले घाम छेक्ने प्रयास नगर
एउटा गल्ति लुकाउन दशवटा गल्ति नगर
लक्ष्मीप्रसाद पङ्गेनी
कावासोती
- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्